13 वर्षसम्म पश्चिम बङ्गालको सत्ताको केन्द्र रहेको नवान्नबाट फेरि राइटर्स बिल्डिङ्गमा स्थानान्तरण भयो सचिवालय
13 वर्षसम्म पश्चिम बङ्गालको सत्ताको केन्द्र रहेको नवान्नबाट फेरि राइटर्स बिल्डिङ्गमा स्थानान्तरण भयो सचिवालय


कोलकाता, 09 मई (हि.स.)। कोलकाताको “नवान्न” अर्थात नयाँ उपज। यो नाम पश्चिम बङ्गालको त्यो 14 तले भवनको हो जुन पछिल्लो 13 वर्षदेखिको राज्य सत्ताको प्रमुख केन्द्र रहिआएको छ। यहाँबाट मुख्यमन्त्री, मन्त्री, मुख्य सचिव, गृह सचिव सहित राज्य सरकारका तमाम शीर्ष अधिकारी एवं विभागले कामकाज सञ्चालन गर्दै आएका छन्। थियो। अब राज्यमा सत्ता परिवर्तन भएपछि नयाँ सरकारले प्रशासनिक कामकाजलाई पुनः ऐतिहासिक राइटर्स बिल्डिङ्गबाट सञ्चालन गर्ने निर्णय लिएको छ।

नवान्नको निर्माण मूल रूपमा वस्त्र उद्योग र गारमेन्ट सेक्टरलाई विकसित गर्ने उद्देश्यले गरिएको थियो। वर्ष 2011 सम्म शासन गर्ने वाम मोर्चाले यो भवन निर्माण गर्ने जिम्मेवारी एचआरबीसी (हुगली रिभर ब्रिज कमिश्नर्स)-लाई सुम्पेको थियो। लगभग 75 करोड़ रुपियाँको लागतमा निर्मित यस 14 तले भवनमा गारमेन्ट उद्योगसित सम्बन्धित उद्यमी र विभिन्न प्रतिनिधि संस्थाहरूलाई स्थान दिनुथियो। साथै यहाँ वस्त्र उत्पादनलाई गुणस्तरीय बनाउने तथा शोध कार्यहरूलाई प्रेरित गर्ने योजना थियो। तर वर्ष 2011- मा ममता ब्यानर्जीको नेतृत्वमा तृणमूल कङ्ग्रेसको सरकार बनिएपछि शुरूमा नयाँ सरकारले राइटर्स बिल्डिङ्गबाटै कामकाज सञ्चालन गऱ्यो, तर वर्ष 2013-मा राइटर्स बिल्डिङ्गमा मरम्मत तथा पुनर्निर्माण गर्नुपर्ने आवश्यक्ता महसूस गरिएपछि सरकारले वैकल्पिक सचिवालयको खोजी गर्न थाल्यो र यसै क्रममा सरकारको नजर नवान्न भवनमाथि पऱ्यो।

सरकारलाई तत्काल एउटा नयाँ सचिवालयको खाँचो थियो। लोक निर्माण विभागलाई उक्त भवनलाई सचिवालय अनुरूप तयार गर्ने आदेश दिइयो। विभागले रेकर्ड डेढ़ महिनाभित्रमा नवान्नलाई आधुनिक राज्य सचिवालयमा परिणत गरिदियो। त्यसपछि 5 अक्टोबर, 2013-मा यसको औपचारिक उद्घाटन भएपछि राज्य सरकारले सम्पूर्ण प्रशासनिक कामकाज यहीँबाट सञ्चालन गर्न थाल्यो।

लगभग 13 वर्षसम्म पश्चिम बङ्गालको राजनीति अनि प्रशासनको केन्द्रमा रहेपछि अब नवान्नको भूमिका परिवर्तन भइरहेको छ, किनभने नयाँ सरकारले प्रशासनलाई पुनः राइटर्स बिल्डिङ्गमा स्थानान्तरण ग र्ने निर्णय लिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande