
कोलकाता, 09 मई (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउमा तृणमूल कांग्रेसकी सुप्रीमो ममता ब्यानर्जीलाई पराजित गर्ने भारतीय जनता पार्टीका नेता शुभेन्दु अधिकारीले पश्चिम बंगालको 9औं मुख्यमन्त्रीको रूपमा शपथ लिए।
राज्यपाल आरएन रविले शनिवार बिहान कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउन्डमा आयोजित शपथ ग्रहण समारोहमा शुभेन्दु अधिकारीलाई पद र गोपनीयताको शपथ दिलाए। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह र भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू सहित धेरै प्रतिष्ठित व्यक्तिहरू उपस्थित रहे।
शुभेन्दुका साथै वरिष्ठ भाजपा नेता दिलीप घोष, अग्निमित्रा पाल र अशोक कीर्तनियाले पनि पद र गोपनीयताको शपथ लिए। खबर लेखिञ्जेलसम्म शपथ ग्रहण समारोह जारी थियो।
हिन्दुस्थान समाचार / भवानी थामी