विधानसभामा हुनेछ नयाँ मन्त्रीपरिषदको पहिलो बैठक
विधानसभामा हुनेछ नयाँ मन्त्रीपरिषदको पहिलो बैठक


कोलकाता, 09 मई (हि.स.)। पश्चिम बङ्गालमा नयाँ सरकारले शपथ ग्रहण गरेपछि मन्त्रीपरिषदको पहिलो बैठक पश्चिम बङ्गाल विधानसभामा आयोजना हुनेछ। प्रशासनिक सूत्र अनुसार हाल मुख्यमन्त्री र मन्त्रीहरूको सरकारी कामकाज केही समयको लागि विधानसभा भवनबाटै सञ्चालन हुनेछ।

वास्तवमा राज्य सचिवालय राइटर्स बिल्डिङ्गको मरम्मत एवं नवीनीकरणको काम अहिले पूरा भएको छैन। त्यसैले नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीले शपथ ग्रहण गरेपछि हाल विधानसभा भवनबाटै आफ्नो कामकाज शुरू गर्नेछन्। मुख्यमन्त्रीको लागि त्यहाँ एउटा कक्ष बनाइएको छ।

सूत्र मुताविक विधानसभाको प्लेटिनम जयन्ती स्मारक भवनमा गोल मेज बैठक गर्ने व्यवस्था छ। यति मात्र नभएर मन्त्री परिषदको पहिलो बैठक हुने सम्भावना छ। विभिन्न विभागीय मन्त्रीहरूको लागि पनि विधानसभामा भिन्न-भिन्नै कक्ष तयार गरिएको छ। पहिलाको सरकारका मन्त्रीरको नेम प्लेटलाई हटाइएको छ।

जानकारी अनुसार राइटर्स बिल्डिङ्ग पूर्ण रूपले तयार हुनमा लगभग 6 महिना लाग्नसक्छ। त्यसबेलासम्म सरकारको कामकाज अस्थायी रूपमा विधानसभाबाटै सञ्चालन हुनसक्छ। तथापि केही विभागहरूले हाल नवान्नमा पनि काम गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande