
मिरिक, 09 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) मिरिक ब्रान्च अन्तर्गत तराई समष्टि कमिटीको सभा तराई समष्टि कमिटीका अध्यक्ष कर्ण प्रधानको सभाध्यक्षतामा उत्तर च्याँगा साईनगरस्थित सामुदायिक भवनमा सम्पन्न भयो। सभामा तराई समष्टिका प्रायः सबै शाखाहरूबाट प्रतिनिधि एवं पदाधिकारीहरु उपस्थित थिए।
सभामा केन्द्रिय कमिटी सदस्य भुवानी प्रसाद दुलाल, जीएनडब्लुओ केन्द्रिय कमिटी सदस्या रोमा शर्मा, मिरिक ब्रान्च सचिव, तराई समष्टिका अध्यक्ष कर्ण प्रधान, सचिव दिपेन लोहार, निरपानी शाखा अध्यक्ष काजी शर्मा आदि पनि उपस्थिति थिए। सभामा विभिन्न शाखाका पदाधिकारीहरुले अब द्रुतगतिमा संगठन विस्तारको निम्ति काम गर्नुपर्ने निर्णय व्यक्त गरे। केन्द्रिय सदस्य भुवानी प्रसाद दुलालले सबैसित मित्रभावमा अघि बढेर घरदैलो कार्यक्रम आयोजन गर्नुपर्ने आवश्यकता व्यक्त गरे।
सभामा समष्टिका सबै शाखाहरुलाई सक्रियतापूर्वक विस्तार गर्न सर्वसम्मतिले निर्णय गरिएको छ। सभा सभाध्यक्षको सम्बोधनपछि समाप्त गरिएको समष्टि अध्यक्ष कर्ण प्रधानले विज्ञप्तिमा बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक