
कोलकाता, 13 जून (हि.स.)। पश्चिम बङ्गालमा वर्ष 2026- को विधानसभा चुनाउमा हारको सामना गर्न परेपछि तृणमूल कङ्ग्रेस (टीएमसी) भित्र मचिएको रड़ाँको अब खुलेर अगाड़ि आएको छ। पार्टी सङ्गठनमा व्यापक फेरबदल गर्दै कोलकाता दक्षिणबाट सांसद मालाय रायलाई महिला कङ्ग्रेसको अध्यक्ष पदबाट अपदस्थ गरी उनको स्थानमा नदिया जिल्लाको कालीगञ्ज सीटबाट विधायक अलिफा अहमदलाई सुम्पिइएको छ। गए शुक्रवार पार्टीको पक्षबाट उक्त फसेलाको आधिकारिक घोषणा गरियो।
तृणमूल कङ्ग्रेसकी राज्य अध्यक्ष चन्द्रिमा भट्टाचार्यले अलिफा अहमदलाई पत्र पठाएर नयाँ जिम्मेवारीको जानकारी दिइन्। त्यसपछि कृष्णनगरकी सांसद महुआ मोइत्राले मीडियामा पोस्ट साझा गरी सो फसेलाको पुष्टि गरिन्।
पार्टी सूत्र अनुसार पछिल्लो केही समयदेखि माला राय टीएमसीको विद्रोही गुट तर्फ ढल्किरहेकी थिइन् जसबाट शीर्ष नेतृत्व रूष्ट भएका थिए। हालैमा नयाँ दिल्लीमा एनडीएको समर्थनमा उभिएको टीएमसीको 'विद्रोही गुट' -को नेतृत्व सांसद काकली घोष दस्तीदारले गरिरहेकी छन् जसमा माला रायलाई पनि सक्रिय देखिएको थियो। आरोप छ, उनले एनडीएलाई समर्थन गर्ने एउटा प्रस्ताव पत्रमा हस्ताक्षर पनि गरेकी थिइन्। तथापि पार्टीको एउटा गुटको दाबी छ, माला रायले गत 8 जूनको दिन आफै यस पदबाट राजीनामा दिएकी थिइन्।
महिला विङ्गको कमान पाएपछि अलिफा अहमदले एउटा भीडियो सन्देश जारी गरी मुख्यमन्त्री ममता ब्यानर्जी, चन्द्रिमा भट्टचार्य तथा पार्टीका शीर्ष नेतृत्वप्रति आभार व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा