
कोलकाता, 13 जून (हि.स.)। आम मानिसहरूसम्म सरकारी सेवाहरूलाई सहजै पुऱ्याउने उद्देश्यले राज्य सरकारले एउटा नयाँ पहल शुरू गरिरहेको छ।पहिलाको ‘दुआरे सरकार’ योजना जस्तै अब जनकल्याण शिविर आयोजना गरिनेछ। आगामी 15,16 र 17 जूनमा राज्यको प्रत्येक ब्लकमा यो शिविर आयोजना गरिनेछ।
नवान्न सूत्र अनुसार नयाँ सरकारको यो पहिलो विराट जनसम्पर्क कार्यक्रम मानिँदैछ। तीन दिनसम्म चल्ने यस शिविरमा आम नागरिकहरूलाई एकै ठाउँमा सरकारको 55 प्रकारका सेवा तथा योजनाहरूसित सम्बन्धित जानकारी एवं सहायता उपलब्ध गराइनेछ।
बताइन्छ, अन्नपूर्णा योजनालाई लिएर मानिसहरूमा विशेष उत्साह देखिँदैछ। केही आवेदकहरूलाई आवेदन पत्र भर्न, आवश्यक दस्तावेज जमा गर्न तथा योजनाको नियमलाई बुझ्नमा कठिनाईहरूको सामना गरिरहेको छ। यी समस्याहरूको समाधान गर्नको लागि यस शिविरको आयोजन गरिँदैछ।
सरकारी सूत्रले दाबी गरेको छ, यस शिविरमा राज्य अनि केन्द्र सरकारका विभिन्न जनकल्याणकारी योजनाहरूको जानकारी तथा सहायता प्रदान गरिनेछ।
अन्नपूर्णा योजना, युवा शक्ति परियोजना, विधवा पेन्शन, वृद्धावस्था पेन्शन औ पीएम किसान योजना जस्ता योजनाहरूको निम्ति नयाँ आवेदन र नामाङ्कन गर्ने सुविधा उपलब्द रहनेछ।
यस अतिरिक्त आधार कार्ड, भोटर कार्ड तथा अन्य सरकारी दस्तावेजहरूमा भएका त्रुटि सुधारसित सम्बन्धित प्रक्रियामा पनि मानिसहरूलाई सहयोग गरिनेछ भने नागरिकहरूले शिविरमा सोझै सिकायत दर्ता गराउन सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा