
गुवाहाटी, 13 जून (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)- को रेलवे सुरक्षा बल (रेसुब)-ले रेलवे एवं यात्री सुरक्षा सुनिश्चित गर्नको लागि गए 9 र 10 जूनमा सञ्चालित सफल अभियानहरूको एक श्रृङ्खलामा उल्लेखनीय उपलब्धि दर्ता गऱ्यो। असम, बिहार, त्रिपुरा, नागाल्याण्ड र पश्चिम बङ्गालका विभिन्न रेलवे स्टेशन एवं ट्रेनहरूमा समन्वित अभियानहरूको माध्यमबाट रेसुबका कर्मीहरूले मादक पदार्थ विरोधी कारबाही, अपराध निवारण, संवेदनशील व्यक्तिहरूको रेस्क्यू तथा यात्री कल्याण सम्बन्धि पहलहरूमा महत्वपूर्ण सफलता प्राप्त गऱ्यो।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले शनिवार बताए, सामूहिक रूपमा यी अभियनहरूको परिणामस्वरूप रेसुब कर्मीहरूद्वारा 19 वटा सफल मामिला दर्ता गरियो जसान्तर्गत लगभग 6.33 लाखभन्दा अधिक मूल्यको 12.666 किग्रा गाँजा, लगभग 55.84 लाखभन्दा अधिक मूल्यको 279.21 ग्राम ब्राउन शुगर तथा लगभग 28 हजार मूल्यका 155 बोतल अवैध रक्कसी जफत गरियो। यी अभियानहरूको क्रममा लगभग 45 हजारभन्दा अधिक मूल्यको चोरी भएका 3 वटा मोबाइल फोन पनि जफत गरियो भने 7 जना अपराधीहरूलाई पक्राउ गरियो, 8 जना नाबालिकहरू (5 किशोर र 3 किशोरी)-लाई रेस्क्यू गरियो तथा सङ्कटमा फसेका 3 जना यात्रीहरूलाई समयमा चिकित्सकीय सुविधा उपलब्ध गराइयो।
यस अवधि रेसुब कर्मीहरूले जीआरपी एवं एसआईबीको समन्वयमा मादक पदार्थहरूको तस्करीविरुद्ध एउटा ठूलो सफलता प्राप्त गर्दै बदरपुर रेलवे स्टेशनमा एकजना व्यक्तिलाई पक्राउ गरे जोबाट लगभग 55.84 लाख रुपियाँभन्दा अधिक मूल्यको 279.21 ग्राम ब्राउन शुगर जफत गरियो। त्यसपछि आरोपीलाई एनडीपीएस अधिनियम, 1985- का प्रावधानहरू अन्तर्गत अग्रिम कानूनी कारबाहीको लागि जीआरपीलाई सुम्पिइयो।
प्रवर्तन सम्बन्धी कारबाही अतिरिक्त रेसुब कर्मीहरूले यात्री कल्याणप्रति पनि अनुकरणीय समर्पणको परिचय दिँदै न्यू जलपाईगुड़ी, अररिया तथा तिनसुकिया रेलवे स्टेशनमा तीन जना यात्रीहरूलाई तत्काल चिकित्सकीय सहायता प्रदान गर्नमा सहयोग गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा