अरूणाचल प्रदेशमा सड़क दुर्घटनामा असमका पाँच युवकको मृत्यु
अरूणाचल प्रदेशमा सड़क दुर्घटनामा असमका पाँच युवकको मृत्यु


सेप्पा, 13 जून (हि.स.)। असमको लखीमपुर जिल्लाका पाँच युवकको अरुणाचल प्रदेशको सेप्पा क्षेत्रमा भएको एउटा दुःखद सड़क दुर्घटनामा मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार, युवकहरू सवार गाड़ी पहाड़ी सड़कमा एक्कासी नियन्त्रण गुमाएर गहिरो खाड़लमा खस्यो। दुर्घटना यति भीषण थियो कि पाँचै युवकको घटनास्थलमै मृत्यु भय़ो।

मृत्यु हुनेमा अम्दाज अली, बुलबुल अली, नूर हुसैन, सैदुल इस्लाम र अबुल हुसेन रहेका छन्। सबै लखीमपुर जिल्लाको नावबोइचा क्षेत्रका बासिन्दा थिए र रोजगारीका लागि अरुणाचल प्रदेशमा बस्दै आएका थिए।

यस दुःखद घटनाले मृतकका परिवार र स्थानीय समुदायमा शोकको लहर छाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande