
गुवाहाटी, 13 जून, (हि.स.)। गुवाहाटीको गरचुक फ्लाइओभरमा एउटा कारमा लादिएका दुई वटा गोरू र एउटा गाईलाई जफत गरियो। तथापि यसलाई लगिरहेका तस्करहरू घटनास्थलबाट भाग्न सफल भए।
पुलिसले शनिवार बतायो, सूचनाको आधारमा गरचुक फ्लाइओभरमा पुलिसले कार (एएस 13 एल 8485)-लाई रोकेर जाँच गऱ्यो। जाँचमा कारबाट दुई वटा गोरू र एउटा गाईलाई जफत गरी सुरक्षित बचाइयो। पशुहरूलाई अत्यन्त निर्दयता पूर्वक कारभित्र राखिएको थियो।
पुलिस अनुसार कारबाही भइरहँदा कारभित्र रहेका तस्करहरू मौकाको फाइदा उठाएर भाग्न सफल भए। जफत गरिएका पशुहरूलाई सुरक्षित स्थानमा पठाइएको छ। घटनाको सम्बन्धमा मामिला दर्ता गरी पुलिसले भगौड़ा आरोपीहरूलाई खोज्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा