छत्तीसगढ़को बीजापुर र गरियाबन्दका जंगलहरूबाट हतियार र विस्फोटक सामग्रीको साथ नक्सलीहरूको 8 डम्प जफत
छत्तीसगढ़


बीजापुर, 13 जून (हि.स.)। एक ठूलो नक्सल विरोधी अभियानमा छत्तीसगढ़को बीजापुरमा केन्द्रिय रिजर्व पुलिस बलले ठूलो मात्रामा हतियार र विस्फोटक सामग्री सहित नक्सलीहरूको 8 डम्पहरू जफत गरेको छ। गरियाबन्द जिल्लाको दंडईपानी जंगलमा पनि पुलिस र केन्द्रिय रिजर्भ पुलिस बलको संयुक्त कारबाहीमा प्रचुर मात्रामा विस्फोटक पदार्थ जफत गरी प्रेसर आईईडी र कुकर आईईडी निष्क्रिय पारिएको छ।

सुरक्षा बलहरूले आज यी 8 गोप्य डम्पहरू फेला पार्न र गरियाबन्दमा भारी विस्फोटक पदार्थलाई निष्प्रभावी गर्न सफल भएका छन्। कमाण्डेन्ट आनन्द कुमारले बताए, द्वितीय कमान अधिकारी कुमार नीरजको रेखदेखमा संयुक्त टोली गठन गरियो। उक्त टोलीमा बी/199 कम्पनी र यङ प्लाटूनको नेतृत्व कम्पनी कमाण्डर राजीव कुमारले गरेका थिए भने एफ/199 कम्पनीको नेतृत्व निरीक्षक केबी पान्डाले गरे।

संयुक्त टोलीले पीडिया र कुप्पागुडा क्षेत्र अन्तर्गत एड्री, हर्रा र मदुमपारा गाउँको घना जंगलमा गहन खोजी गरेको थियो। अपरेशनको क्रममा सिपाहीहरूले भविष्यमा सुरक्षा बलहरूलाई नोक्सान पुर्या उने उद्देश्यले नक्सलीहरूले लुकाएर राखेका कूल 8 वटा डम्पहरू जफत गरेका छन्।

आठ वटा डम्पबाट ब्यारेल ग्रेनेड लन्चर राइफल, .303 राइफल, एयर गन राउण्ड, 21 आईईडी, करडेक्स तार, सेफ्टी फ्युज, विद्युतीय तार लगायत कूल 58 प्रकारका सामग्री जफत गरिएको छ। यस बाहेक नक्सलीहरूले प्रयोग गर्ने लुगा सहित 58 प्रकारका सामग्री जफत गरिएको छ। केन्द्रिय रिजर्भ पुलिस बलको 199 कोरले यस क्षेत्रमा शान्ति, सुरक्षा र विकास सुनिश्चित गर्नका लागि प्रतिबद्ध रहेको र भविष्यमा पनि आसूचना आधारित अपरेशनलाई अझ् प्रभावकारी रूपमा सञ्चालन गरिने स्पष्ट पारेको छ।

यसैगरी गरियाबन्द जिल्लामा चलिरहेको नक्सल उन्मूलन अभियान अन्तर्गत सीआरपीएफ र पुलिस जवानहरूले दंडईपानी र गोबरा क्षेत्रको जंगलमा 4 किलोग्राम प्रेसर आईईडी, कुकर बम र चाइना बम सहित गन पाउडर र कमर्शियल कार्डेक्स तार ठूलो मात्रामा जफत गरेका छन्। सीआरपीएफ र पुलिस जवानहरूले घटनास्थलमा आईईडी निष्क्रिय पारे। औषधि र दैनिक उपभोग्य वस्तुहरु समेत जफत गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande