युवा डाक्टरको मृत्यु मामिलाको निष्पक्ष जाँच गर्ने माग, माता-पिताले शुभेन्दु अधिाकरी समक्ष मागे गुहार
युवा डाक्टरको मृत्यु मामिलाको निष्पक्ष जाँच गर्ने माग, माता-पिताले शुभेन्दु अधिाकरी समक्ष मागे गुहार


कोलकाता, 13 जून (हि.स.)। आरजी कर मामिलाको पृष्ठभूमिबीच राज्यमा फेरि अर्को युवा चिकित्सकको रहस्यमय परिस्थितिमा मृत्यु भएको घटनालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। आरजी कर घटना हुन लगभग दुई महिनाअघि 24 वर्षीय हाउस स्टाफ डाक्टर अमर्त्य घोषालको संदिग्ध परिस्थितिमा मृत्यु भएकोथियो। उनको शव मेडिकल कलेज परिसर बाहिर भेटिएको थियो। यसै मामिलामा निष्पक्ष जाँच तथा दोषीहरूलाई सजाय दिलाउने माग लिएर मृतक डाक्टरका माता-पिताले शनिवार मुख्यमन्त्री शुभेन्दु अधिकारीहरूसित भेट गरे।

डा. घोषालको परिवारले आरोप लगाएको छ, उनको छोराको मृत्युको पछाड़ि मेडिकल संस्थानमा व्याप्त कथित थ्रेट कल्चर अर्थात धमकीको संस्कृति जिम्मेवार हुनसक्छ।

रूबी निवासी अमर्त्यका पिता विवेकानन्द घोषालले बताए, छोराको मृत्यु भएपछि सन्दीप राय नामक एकजना व्यक्तिलाई पक्राउ गरिएको थियो, तर उनीहरू पुलिस जाँचबाट सन्तुष्ट थिएनन्। परिवारको आरोप छ, घटना हुँदा आरोपी मातेको थियो। पुलिस जाँचमा लापरवाही भेको आरोप लगाउँदै परिवारले अदालतको ढोका ढक्ढकाएको थियो।

मामिलाको सुनवाईमा तत्कालीन मुख्य न्यायाधीश टी. एस. शिवज्ञानमले पुलिस जाँचमाथि गम्भीर असन्तोष व्यक्त गर्दै मामिलाको जाँच सीआईडीलाई सुम्पिने निर्देश दिएका थिए। तथापि परिवारको भनाइ छ, सीआईडी जाँचबाट पनि कुनै ठोस निष्कर्ष निक्लिन सकेन जसबाट उनीहरू निराश भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande