
कोलकाता, 13 जून (हि.स.)। राज्य सरकारले आम मानिसहरूको सिकायत तथा सरकारी सेवाहरूसित सम्बन्धित समस्याहरूको समाधान गर्नका लागि ‘आपकी सरकार आपके साथ’ पोर्टल शुरू गरेको छ। यसअघि यसै नाममा हेल्पलाइन सेवा शुरू गरिएको थियो। अब नागरिकहरूले अनलाइन माध्यमबाट पनि आफ्नो सिकायत सोझै मुख्यमन्त्री कार्यालयसम्म पुऱ्याउन सक्नेछन्।
मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उपलब्ध यस पोर्टलमा हेल्पडेस्क नम्बर, ई-मेल सुविधा तथा ‘शिकायत दर्ज करें’- को विकल्प दिइएको छ।अन्नपूर्णा योजना, वृद्धावस्था पेन्शन, विधवा पेन्शन सहित विभिन्न सरकारी योजना अनि सेवाहरूसित सम्बन्धित सिकायतहरू यहाँ दर्ता गर्न सकिन्छ।
सिकायत दर्ता गर्नको लागि आवेदकले सबैभन्दा पहिला आफ्नो मोबाइल नम्बर दर्ता गराउनुपर्छ। त्यसपछि ओटीपी सत्यापन र क्याप्चा प्रक्रिया पूरा गर्नुपर्छ। सत्यापनपछि सिकायत पञ्जीकरण पृष्ठ खोलिनेछ जहाँ नाम, ठेगाना, जिल्ला, महुमा, थाना, विधानसभा क्षेत्र औ डाकघर सम्बन्धी जानकारी भर्नुपर्छ।
यसको साथै आवेदकको आयु, ईमेल ठेगाना र वैकल्पिक सम्पर्क नम्बर पनि दिनुपर्छ। सिकायतको पूर्ण विवरण दर्ता गर्नको लागि भिन्नै बक्ल उपलब्ध रहनेछ। नागरिकहरूले आफ्नो सिकायत सम्बन्धि दस्तावेज पनि अपलोड गर्न सक्नेछन्। सबै भरेपछि आवेदन जमा गर्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा