हर्ष मल्होत्राले शहीद राजगुरु कलेज अफ एप्लाइड साइन्सकी प्राध्यापिकासित भेट गरे, प्रधानमन्त्रीका 12 वर्षका उपलब्धिहरूमाथि चर्चा
हर्ष मल्होत्राले शहीद राजगुरु कलेज अफ एप्लाइड साइन्सकी प्राध्यापिकासित भेट गरे, प्रधानमन्त्रीका 12 वर्षका उपलब्धिहरूमाथि चर्चा


नयाँ दिल्ली, 13 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले 12 वर्ष पूरा गर्नको साथै नरेन्द्र मोदी सर्वाधिक लामो समयसम्म चयनित प्रधानमन्त्री बन्ने रेकर्ड बनाएकोमा भारतीय जनता पार्टी (भाजपा)-ले अन्य कार्यक्रमहरूसँगसँगै समाजका विशिष्ट व्यक्तिहरूबीच केन्द्र सरकारको 12 वर्षका उपलब्धिहरूमाथि चर्चा गरिरहेको छ। साथै उनीहरूलाई उपलब्धिहरूको पुस्तक पनि भेंट गरिरहेको छ।

यसै श्रृङ्खलामा शनिवार दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्राले शहीद राजगुरु कलेज अफ एप्लाइड साइन्सकी प्राध्यापिका प्रो. पायल मगगो एवं कालेजका केही वरिष्ठ अध्यापकगण एवं उत्कृष्ट छात्राहरूको ग्रुपसित भेट गरी प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका उपलब्धिहरूको पुस्तिका भेंट गरी त्यसमाछि चर्चा गरे।

हर्ष मल्होत्राले कालेज परिसरमा आयोजित विगत 12 वर्षको प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका उपलब्धि तथा मशरूम स्किल डेभलमेन्टको प्रदर्शनीको अवलोकन पनि गरे।साथै कलेज मैदानमा वृक्ष रोपण गरे।

यस अवसरमा दिल्ली भाजपाका नेता एवं विश्वविद्यालयका प्रो. अभिषेक टण्डन, मयूर विहार जिल्ला भाजपा अध्यक्ष विजेन्द्र धामा एवं निगम पार्षद मुनिशा ढेडाले पनि प्रदेश अध्यक्षसित प्राध्यापिका एवं कालेज ग्रुपसित भेट गरे।

हर्ष मल्होत्राले एक बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतको नवनिर्माणको भिजनमाथि कलेज ग्रुपसित चर्चा गर्दै भने, मोदीको सरकारले आजका युवाहरूको कल्पनालाई राम्ररी बुझेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande