नासिर असलम वानीले कश्मीरी पण्डितहरूको फिर्ती तथा पुनर्वासमाथि निगरानी राख्नको लागि गठित सर्वोच्च समितिलाई पुनर्जीवित गर्ने आह्वान गरे
नासिर असलम वानीले कश्मीरी पण्डितहरूको फिर्ती तथा पुनर्वासमाथि निगरानी राख्नको लागि गठित सर्वोच्च समितिलाई पुनर्जीवित गर्ने आह्वान गरे


श्रीनगर, 13 जून (हि.स.)। जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाका सल्लाहकार नासिर असलम वानीले शनिवार कश्मीरी पण्डितहरूको फिर्ती तथा पुनर्वासमाथि निगरानी राख्नको लागि गठित सर्वोच्च समितिलाई पुनर्जीवित गर्ने आह्वान गरे। उनले भने, वर्ष 2009- मा तत्कालीन जम्मू औ कश्मीर राज्यको सरकार जसको नेतृत्व पनि अब्दुल्लाले गरिरहेका थिए,-ले विस्थापित कश्मीरी पण्डितहरूको फिर्ती तथा पुनर्वासको निगरानी अनि सुविधा प्रदान गर्ने तथा केन्द्रद्वारा घोषित पुनर्वास उपायहरूको क्रियान्वयनमाथि निगरानि राख्नको लागि सर्वोच्च समिति गठन गरेको थियो। यो समितिमा सरकारी प्रतिनिधि तथा केही कश्मीरी पण्डित सङ्गठनहरूका सदस्यहरू पनि सामेल थिए।

विदेशमा बस्ने कश्मीरी पण्डितहरूद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वानीले भने, वर्ष 2014-मा भङ्ग गरिएको समितिलाई पुनर्जीवित गर्ने समय आएको छ। उनले भने, यो सम्मेलन राम्रो हो, तर सम्मेलनपछि हामी बसेर बातचित गर्नुपर्छ। तपाईहरूको तर्फबाट केही प्रतिनिधिहरूले आपस्तमा बातचित गर्नुपर्छ अनि कश्मीरी पण्डितहरूलाई फर्काउनको लागि बाटो खोज्नुपर्छ। उनले भने, सरकारी स्तरमा मलाई लाग्छ कि सर्वोच्च समितिलाई बहाल गर्न आवश्यक छ।

वानीले भने, आरोप-प्रत्यारोपको परिणाम राम्रो हुँदैन। हामीले जुनै प्रयास गरे पनि चाहे सम्वाद हो वा समितिहरू गठन गर्ने, तर जबसम्म हाम्रा कश्मीरी पण्डितहरू उपत्याकामा फेरि आउँदैनन् तबसम्म केही अधुरो छ। यसको लागि हामीले मिलेर काम गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande