कृषि जैव विविधता विशेषज्ञ समितिको पुनर्गठन, डा. पीएल गौतम बने अध्यक्ष
जैव


नयाँ दिल्ली, 13 जून (हि.स.)। राष्ट्रिय जैविक विविधता प्राधिकरण (एनबीए) ले कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी विषयमा विज्ञ सल्लाह प्रदान गर्न एक वर्षका लागि कृषि जैविक विविधता विज्ञ समितिको पुनर्गठन गरेको छ।

पर्यावरण मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै पद्मश्रीले सम्मानित प्रख्यात कृषि वैज्ञानिक डा. पीएल गौतमलाई समितिको अध्यक्षमा नियुक्त गरेको छ। डा. गौतम यसअघि राष्ट्रिय जैविक विविधता प्राधिकरण र बिरुवा जात तथा कृषक अधिकार संरक्षण प्राधिकरण (पीपीवीएफआरए) को अध्यक्ष समेत रहिसकेका छन्। पीपीवीएफआरएको वर्तमान अध्यक्ष समितिको सह-अध्यक्ष हुनेछन्।

सन् 2005 देखि कार्यरत यस समितिले कृषि आनुवंशिक संसाधनहरू, बीउको निर्यात, लाभ बाँड़फाँड़ (एबीएस), परम्परागत वनस्पति प्रजनन र जैविक संसाधनहरू सम्बन्धी अनुसन्धान सहयोग जस्ता विषयमा महत्वपूर्ण सुझाव दिँदै आएको एनबीएले जनाएको छ। समितिका सिफारिसहरूले जैविक विविधता संरक्षण र कृषि अनुसन्धानबीच सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

पुनर्गठित समितिमा कृषि तथा किसान कल्याण मन्त्रालय, भारतीय कृषि अनुसन्धान परिषद्, तमिलनाडू कृषि विश्वविद्यालय, नेशनल इनोवेशन फाउण्डेशन र नलसार विधि विश्वविद्यालय लगायत विभिन्न प्रमुख संस्थाका विज्ञ र वरिष्ठ प्रतिनिधिहरू सामेल छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande