युवा शक्तिले भारतको भविष्यलाई नयाँ दिशा दिइऱहेछ, खेलहरूमा पनि बढ़िरहेछ देशको गौरव- प्रधानमन्त्री
मोदी


नयाँ दिल्ली, 13 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको 12 वर्ष पूरा भएकोमा युवाहरूको योगदानको प्रशंसा गरे। उनले भने, भारतका युवाहरूले विज्ञान एवं प्रौद्योगिकी, विनिर्माण, अन्तरिक्ष, सेमीकन्डक्टर र ड्रोन जस्ता विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा प्रमाणित गरिरहेका छन् र देश र विश्वको भविष्यलाई आकार दिने क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। युवाहरूको उपलब्धिहरू विकसित भारत निर्माणको लागि बलियो आधार बनिरहेको छ।

प्रधानमन्त्रीले शनिवार सोशल मिडिया प्लेटफर्म एक्समा भनेका छन्, भारतीय युवाहरूलाई विभिन्न क्षेत्रमा उत्कृष्ट देख्न पाउनु ठूलो खुशीको कुरा हो। देशका युवाहरूले आविष्कार र तकनीक आधारित क्षेत्रमा नयाँ कीर्तिमान कायम गरिरहेका छन्।

खेल जगतमा युवाहरुको योगदानको पनि प्रधानमन्त्रीले प्रशंसा गरे। उनले भारतका युवा खेलाड़ीले धेरै अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर देशको गौरव बढ़ाएको बताए। उनीहरूको उपलब्धिले विश्व मञ्चमा भारतको प्रतिष्ठालाई अझ् बलियो बनाएको छ।

प्रधानमन्त्रीले देशमा खेलकुदको राम्रो इकोसिस्टम, आधुनिक पूर्वाधार र खेलाड़ीलाई बढ्दो सहयोगका कारण युवाका लागि नयाँ अवसर सिर्जना भइरहेको बताए। जस कारण अधिकाँश युवाहरु खेलकुदलाई पेशाका रुपमा लिन प्रेरित भइरहेका छन्। उनले आगामी वर्षहरूमा देशलाई नयाँ उचाइमा पुर्यारउन भारतको युवा शक्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande