निजी सहायकको खोजीमा अभिषेक ब्यानर्जीको घरमा पुलिसको छापामारी, अन्तिम लोकेशन कालीघाट
निजी सहायकको खोजीमा अभिषेक ब्यानर्जीको घरमा पुलिसको छापामारी, अन्तिम लोकेशन कालीघाट


कोलकाता, 13 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको कालीघाट स्थित आवासमा शनिवार सवेरै पुलिसले छापामारी गर्नुको मुख्य उद्देश्य उनका निजी सहायक सुमित रायलाई खोज्नु रहेको बताइएको छ। पुलिस सूत्र अनुसार सुमित रायको मोबाइल फोनको अन्तिम टावर लोकेशन अभिषेक ब्यानर्जीको घरमा भेटिएको थियो जसको आधारमा शालबनी थाना पुलिसले यो कारबाही गरेको हो। कोलकाता पुलिसले शालबनी थानालाई मद्दत गरेको हो।

जानकारी अनुसार एक वित्तीय अनियमितताको मामिलामा पुलिसले सुमित रायलाई खोजिरहेको छ। हालैमा भूमि भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व विधायक सुजय हाजरासित जाँचबुझ गर्दा सुमितको नाम अगाड़ि आएको थियो। त्यसपछि पुलिसले तकनिकी निगरानीको माध्यमबाट उसको मोबाइल फोनको लोकेशन जाँच गऱ्यो जसमा अन्तिम सङ्केत अभिषेक ब्यानर्जीको कालीघाटस्थित आवासमा देखाइयो।

यसै सूचनाको आधारमा शालबनी थानाको एक टीम शनिवार सवेरै लगभग 3 बजे अभिषेकको पोटुआपाड़ास्थित आवासमा पुग्यो। पुलिसले लामो समयसम्म ढोका ढक्ढकायो। बोलायो, तर कुनै प्रतिक्रिया नआएपछि बाहिरको ढोकाको ताला भत्काएर परिसरमा प्रवेश गऱ्यो। त्यसपछि सम्पूर्ण घरको खानतलासी गरियो।

लगभग 5 घण्टासम्म खोजी अभियान सञ्चालन गरिए पनि पुलिसले सुमित रायलाई भेटेन बिहान लगभग 8 बजे पुलिसको टीम त्यहाँबाट खाली हात फर्कियो।

घटना बारे जानकारी पाएपछि पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी पनि बिहान अभिषेकको आवासमा पुगिन्। पुलिस कारबाही समाप्त भएपछि उनी त्यहाँबाट प्रस्थान भइन्। उनले मीडिा समक्ष कुनै पनि टिप्पणी गरिनन्।

पुलिसको कारबाही पश्चात अभिषेक ब्यानर्जीले भने, पुलिसले ताला भत्काएर घरको खानतलासी गऱ्यो, तर केही पनि भेटेन। उनले दाबीगरे, पुलिसको सम्पूर्ण कारबाहीको रेकर्ड राखिएको छ। उनले यसलाई अनावश्यक उत्पीड़न बताए।

उल्लेखनीय छ, अभिषेक ब्यानर्जीले अहिलेघरि धेरै वटा मामिलाहरूमा जाँचको सामना गरिरहेका छन्। विदानसभा हस्ताक्षर जालझेल मामिलामा हालैमाउनलाई सीआईडीले लामो जाँचबुझ गरेको थियो। यस अतिरिक्त उनलाई 14 जूनमा फेरि जाँचबुझको लागि बोलाएको छ। यसरी नै 15 जूनका दिन प्राथमिक शिक्षक भर्ती अनियमितता मामिलामा प्रवर्तन निदेशालय समक्ष पेश हुनु छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande