(संशोधित) शुभेन्दु अधिकारीको जनता दरबारमा मानिसहरूले राखे आफ्नो समस्या
(संशोधित) शुभेन्दु अधिकारीको जनता दरबारमा मानिसहरूले राखे आफ्नो समस्या


कोलकाता, 13 जून (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको ‘जनता दरबार’-को शनिवार चौथा दिन साल्टलेकस्थित भाजपा कार्यालय बाहिर बिहानदेखिकै ठूलो सङ्ख्यामा मानिसहरू आफ्नो समस्या लिएर पुगे अनि एक-एकजना गर्दै मुख्यमन्त्रीसित भेट गरे।

यस अवधि केही परिवारहरू न्याय एवं मद्दतको आशा लिएर आएका थिए जसमा गत 13 मईको दिन महर्षि विद्यामन्दिरमा बिमार भएको तेस्रो कक्षाको छात्र आयुषको परिपार पनि सामेल छन् जसको एघार दिनसम्म कोमामा रहेपछि 24 मईमा मृत्यु भएको थियो। परिवारको आरोप छ, स्कूल प्रशासनले बालकको स्वास्थ्य बिग्रिँदा पनि सहयोग गरेन र उसलाई कक्षामा बसाइरह्यो। पछि सिँढ़ीबाट झरेर उसको टाउकोमा गम्भीर चोट लाग्यो। मामिलामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। आयुषकी आमाले शुभेन्दु अधिकारीसित भेट गरी न्यायको माग गरिन् जसमाथि आवश्यक कारबाही गर्ने आश्वासन दिइयो।

यस अतिरिक्त हावड़ा निवासी देवनारायण मण्डल पनि जनता दरबारमा पुगे। उनको आरोप छ, पछिल्लो सरकारमा भ्रष्टाचारको विरोधमा आवाज उठाउँदा झुटो आरोप लगाएर उनलाई नोकरीबाट निकालिएको थियो। उनले आफ्नो सिकायत मुख्यमन्त्री शुभेन्दु अधिकारी समक्ष राखे।

यसरी नै केही मानिसहरू आफ्नो नानीको उपचारको लागि मद्दत माग्नका लागि आएका थिए। शुभेन्दु अधिकारीसित भेट गरेपछि उनले भरोसा व्यक्त गरे, उनीहरूको समस्या समाधान गर्ने दिशामा कदम उठाइनेछ।

यता बर्धमान मेडिकल कलेजका हाउस स्टाफ रहेका 24 वर्षीय अमर्त्य घोषालको रहस्यमय मृत्युको जाँच गर्ने मागलाई लिएर उनका माता-पिता पनि जनता दरबारमा पुगे। परिवारको आरोप छ, उनको छोराको मृत्यु संदिग्ध परिस्थितिमा भएको थियो तथा सही ढङ्गमा भएन। उनीहरूले भने, मामिलामा पहिलो कलकत्ता उच्च अदालतमा गुहार लगाइएको थियो, तर जाँचबाट परिवार सन्तुष्ट छैन।

शुभेन्दु अधिकारीले सबै पीड़ित परिवारको कुरा ध्यान पूर्वक सुने अनि आवश्यक मामिलामा विशेष जाँच दल (एसआईटी) गठित गर्ने सहित आवश्यक कदम उठाउने आश्वासन दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande