सालानपुरमा प्राकृतिक खेती सम्बन्धि किसानहरूलाई जागरूक गराइयो
सालानपुरमा प्राकृतिक खेती सम्बन्धि किसानहरूलाई जागरूक गराइयो


पश्चिम बर्दवान, 13 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारद्वारा सम्पूर्ण राज्यभरि नै प्राकृतिक खेती औ जैविक मलको उपयगलाई प्रेरित गर्ने उद्देश्यले लगातार जागरूक कार्यक्रम तथा कार्यशालाहरूको आयोजन गरिँदैछ। यसै क्रममा बाराबनी विधानसभा क्षेत्रको सालनपुरस्थित नन्दनिक हलमा कृषि विभागद्वारा एक विशेष कार्यशाला आयोजना गरियो जसमा किसानहरूलाई प्राकृतिक खेतीको फाइदा तथा जविक खादको उपयोग बारे विस्तार पूर्वक जानकारी गराइयो।

कार्यक्रममा बाराबनीका विधायक अरिजीत रॉय, कृषि विभागीय अधिकारी तथा ठूलो सङ्ख्यामा स्थानीय किसान उपस्थित थिए। कार्यशालामा विशेषज्ञहरूले किसानहरूलाई खेतीको पारम्परिक तथा प्राकृतिक पद्धतिहरूलाई अप्नाउनको लागि प्रेरित गरे।

यस अवसरमा विधायक अरिजीत रायले भने, राज्य सरकार चाहन्छ कि अधिकभन्दा अधिक किसानहरूले प्राकृतिक तथा पर्यावरण अनुकूल खेतीलाई अप्नाउन्। उनले भने, लामो समयसम्म रासानिक खाद तथा कीटनासकहरूको अत्यधिक उपयोगले माटोको उर्वरता कम हुन्छ, भूजल प्रभावित हुन्छ जसको प्रभावले मानिसहरूको स्वास्थ्यमाथिपनि पर्छ। केही मामिलामा रासायनिक अवशेष भोजनको माध्यमबाट शहीरसम्म पुगेर गम्भीर स्वास्थ्यसमस्याको कारण बन्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande