भाजपा र प्रधानमन्त्री मोदीले स्वच्छतालाई बनाए जन आन्दोलन : जगत प्रकाश नड्डा
भाजपा र प्रधानमन्त्री मोदीले स्वच्छतालाई बनाए जन आन्दोलन : जगत प्रकाश नड्डा


शिमला, 13 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का पूर्व राष्ट्रिय अध्यक्ष साथै केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण औ रसायन एवं उर्वरक मनन्त्री जगत प्रकाश नड्डाले शनिवार शिमलाको चौड़ा मैदानमा आयोजित स्वच्छता अभियान कार्यक्रममा भाग लिए। यस अवसरमा उनले भारतका संविधान निर्माता भारत रत्न डा. भीमराव अम्बेडकरको प्रतिमाको सर-सफाई गरी उनलाई माल्यार्पणको साथमा श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नड्डाले भने, भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छतालाई एउटा सरकारी कार्यक्रमसम्म मात्र सीमित राखेनन्, यसलाई देशव्यापी जन आन्दोलनको स्वरूप प्रदान गरेको छ। प्रधानमन्त्री मोदीको दूरदर्शी सोच तथा नेतृत्वकै कारणले आज देशका प्रत्येक नागरिकले स्वच्छताको महत्वलाई बुझेर यसमा आफ्नो सक्रिय सहभागिता दिरहेका छन्।

उनले भने, स्वच्छ भारत अभियानले देशमा एउटा नयाँ सोच निर्माण गरेको छ। पहिला स्वच्छतालाई लिएर जुन किसिमको उदासीनता देखिन्थ्यो अहिले त्यो परिवर्तन भइसकेको छ। आज समाजका हरेक वर्ग, युवा, महिला एवं आम नागरिक स्वच्छताप्रति जागरूक भएर यस अभियानसित जोड़िँदैछन्। त्यसैले पनि स्वच्छता अब सरकारी जिम्मेवारी मात्र होइन, सामाजिक उत्तरदायित्व बनिसकेको छ।

उनले प्रदेशवासीहरूसित आह्वान गरे, स्वच्छतालाई आफ्नो दैनिक जीवनको अङ्ग बनाउन् तथा प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारतको सङ्कल्पलाई अगाड़ि बढ़ाउनमा सक्रिय भूमिका निर्वाह गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande