नगरपालिकाको दस्तावेज जलाएको आरोपमा तृणमूल नेता प्रबोध सरकार पक्राउ
नगरपालिकाको दस्तावेज जलाएको आरोपमा तृणमूल नेता प्रबोध सरकार पक्राउ


कोलकाता, 13 जून (हि.स.)। पश्चिम बङ्गाल पुलिसले अशोक नगर-कल्याणगढ़ नगरपालिकाका चेयरम्यान तथा तृणमूल कङ्ग्रेस नेता प्रबोध सरकारलाई नगरपालिकाको महत्वपूर्ण दस्तावेज जलाएको आरोपमा पक्राउ गरेको छ। पुलिस अधिकारीहरूले शनिवार यस आशयको जानकारी दिए।

पुलिस अनुसार गए शुक्रवार अबेर राती स्थानीय मानिसहरूले प्रबोध सरकारको घरको बगैचामा आगो बलिरहेको देखे। मानिसहरूलाई शङ्का लाग्यो, त्यहाँ केही दस्तावेज जलाइरहेको छ जसपश्चात पुलिसलाई सूचना दिइयो। भनिन्छ, अशोक नगर-कल्याणगढ़ नगरपालिकामा हाल तृणमूल कङ्ग्रेसको नियन्त्रण छ।

स्थानीय मानिसहरूको सूचना पाएर भाजपा कार्यकर्ताहरू पनि घटनास्थलमा पुगे। उनीहरूले आरोप लगाए, प्रबोध सरकारलाई बारम्बार बोलाउँदा पनि उनी घरबाट निक्लेनन्। त्यसपछि पुलिस पुग्यो। घरको मुख्य गेट बन्द भएको कारणले पर्खाल नाघेर परिसरभित्र पस्यो।

केही समयपछि प्रबोध सरकार बाहिर आए अनि दाबी गरे, उनले बगैचामा सुक्खा पत्ता जलाइरहेका थिए। तथापि भाजपा नेताहरूले आरोप लगाए, आगोमा नगरपालिकाको पहिचान पत्र र अन्य सरकारी दस्तावेजहरू जलाइँदैथ्यो।

सिकायतको आधारमा पुलिसले प्रबोध सरकारलाई हिरासतमा लिेर जाँचबुझ गर्नशुरू गरेको छ। भाजपा नेताहरूले आरोप लगाएका छन्, प्रधानमन्त्री आवास योजनाको क्रियान्वयनमा भएको अनियमिततालाई लिएर पहिलाबाटै उनीविरूद्ध सिकायत आएको थियो।

भाजपाको दाबी छ, आवास योजनासित सम्बन्धित कथित भ्रष्टाचार र गड़बड़ीको प्रमाण मेटाउनको लागि दस्तावेज जलाइएको हो। पलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande