
प्रयागराज, 13 जून (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लाको कर्नलगञ्ज थाना क्षेत्रको लल्ला चुंगी नजिक शनिवार मर्निङ वक गर्न निस्केका एक वृद्धको गोली हानी हत्या गरिएको छ। खबर पाएलगत्तै घटनास्थलमा पुगेको पुलिस टोलीले शवलाई कब्जामा लिएर अनुसन्धान शुरु गरेको छ। घटनाको खबर पाएलगत्तै पुलिस अधिकारीहरु पनि घटनास्थलमा पुगेर हत्याको कारण र हत्या गर्ने अपराधीको पत्ता लगाउन घटनास्थल वरपर रहेको सिसिटिभी क्यामेराको स्क्यानिङमा व्यस्त छन्। शहरको शिवकुटी थाना क्षेत्र लालकी सराइ बस्ने 70 वर्षीय रामदुलारे शनिवार घरबाट मर्निङ वक गर्न निस्केको पुलिस नायब उपायुक्त मनिष कुमार शाण्डिल्यले जानकारी दिए।
कर्नलगञ्ज थाना क्षेत्रमा लल्ला चुंगी चोक नजिकै अज्ञात समूहले उनलाई गोली हानेर भाग्यो। घटनास्थलमा पुगेको पुलिस टोलीले घाइतेलाई तत्काल उपचारका लागि स्वरूपरानी नेहरू अस्पताल पुऱ्यायो। जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे। नजिकै भेटिएको आधार कार्डबाट उनको पहिचान भएपछि परिवारलाई खबर गरियो। चिकित्सकले शवलाई पोष्टमार्टमका लागि पठाए। हत्याको सूचना पाएपछि एसीपी कर्नलगञ्ज र फोरेन्सिक टोली घटनास्थलमा पुग्यो। घटनास्थल वरपरको सीसीटीभी फुटेज जाँच गरी हत्याराको सुराग खोज्ने काम भइरहेको छ। यस सम्बन्धमा उजुरी परेमा मुद्दा दर्ता गरी कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी