
पाकिम, 13 जून (हि.स.)। भारतका लोकपाल सदस्य तथा भारतका पूर्व मुख्य निर्वाचन आयुक्त सुशील चन्द्र आज राज्यको आधिकारिक भ्रमणमा सिक्किम आइपुगेका छन्। लोकपाल सदस्य चन्द्रले १३ जूनदेखि २० जून, २०२६ सम्म राज्यको भ्रमण गर्ने कार्यक्रम छ। रम्फू पर्यटक सुविधा केन्द्रमा आइपुग्दा उनलाई प्रमुख सम्पर्क अधिकारी र पर्यटन विभागका अधिकारीहरूले स्वागत जनाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल