
कुचबिहार, 13 जून (हि.स.)। कुचबिहार शहरमा त्यसबेला खैलाबैला मचियो जतिबेला शनिवार अपरान्ह पुलिस तथा केन्द्रिय बलहरूको संयुक्त टीमले तृणमूल कङ्ग्रेसका पूर्व जिल्ला अध्यक्ष अभिजीत दे भौमिक र उनका आफन्त तथा पूर्व जिल्ला महासचिव सम्राट कुण्डुको घरमा एकसाथ छापामारी गऱ्यो। जानकारी अनुसार अपरान्हको समयमा ठूलो सङ्ख्यामा आएको पुलिस बलले दुई नम्बर कालीघाट रोडस्थित अभिजीत दे भौमिकको घरलाई घेराबन्दी गऱ्यो गरेर भित्र खानतलासी अभियान शुरू गऱ्यो। त्यसबेला भौमिक घरमा थिएनन्। तर उनका दाज्यु सुजीत दे भौमिक, भाउज्यु, छोरा तथा परिवारका अन्य सदस्यहरू घरमै थिए। अचानक भएको यस कारबाहीले गर्दा क्षेत्रमा कोकोहोलो मचियो।
जानकारी अनुसार अभिजीत देविरूद्ध कुचबिहार कोतवाली थानामा केही गम्भीर मामिलाहरू दर्ता गरिएको छ। भनिन्छ, त्यै मामिलाहरूको आधारमा यो कारबाही गरिएको हो। तथापि प्रशासनको पक्षबाट अहिलेसम्म आधिकारिक रूपमा कुनै स्पष्ट बयान दिइएको छैन।
यस बारेमा अभिजीत दे भौमिकका भाइ सुजीत दे भौमिकले पत्रकारहरूलाई बताए, पुलिस तथा केन्द्रिय बलका जवानहरूले घरको खानतलासी गर्ने कुरा गरे जसको परिवारले विरोध गरेन। केही समयसम्म जाँच गरेपछि टीम घरबाट गयो। यसरी नै अर्को टीमले शक्तिसङ्घ क्षेत्रस्थित सम्राट कुण्डुको घरमा पनि छापामारी गऱ्यो जहाँ लामो समयसम्म यो अभियान भइरह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा