सीआईडीले बोलाएकोमा दोस्रो पटक भवानी भवन पुगे अभिषेक ब्यानर्जी
सीआईडीले बोलाएकोमा दोस्रो पटक भवानी भवन पुगे अभिषेक ब्यानर्जी


कोलकाता, 14 जून (हि.स.)। अभिषेक ब्यानर्जी आइतवार दोस्रो पटक जाँचबुझका लागि सीआईडी मुख्यालय भवानी भवनमा पुगे। विधानसभामा भएको हस्ताक्षर विवाद मामिलामा उनलाी अपरान्ह 12 बजेभित्रमा उपस्थित हुने निर्देश दिइएको थियो, तर उनी तय समयभन्दा अगावै लगभग 11:45 बजी भवानी भवनमा पुगे। त्यहाँ पुगेपछि उनले भिजिटर्स बुकमा हस्ताक्षर गरे, त्यसपछि भित्र गएर जाँच अधिकारीहरू समक्ष पेश भए जहाँ उनीसित जाँचबुझ गरिँदैछ।

यसअघि बितेको 11 जूनमा पनि अभिषेक ब्यानर्जी यसै मामिलामा जाँचबुझको लागि भवानी भवनमा पुगेका थिए। त्यस दिन सीआईडी अधिकारीहरूले उनीसित पाँच घण्टाभन्दा अधिक समयसम्म जाँचबुझ गरेको थियो। यो जाँचबुध कलकत्ता उच्च अदालतको निर्देशमा भएको थियो। अदालतले स्पष्ट पारेको थियो, मामिलाको जाँचमा तृणमूल कङ्ग्रेसका महासचिवले जाँच एजेन्सीलाई पूर्ण सहयोग गर्नुपर्छ।

यो समाचार लेखुञ्जेलसम्म पनि तृणमूल नेतासित जाँचबुझ भइरहेकै थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande