अनित थापाको बाहुलीबाट खरसाङमा भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको सामूहिक भवनको उद्घाटन
अनिता थापा अभिनन्दित


भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको सामूहिक भवनको उद्घाटन


खरसाङ, 14 जून (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट आज खरसाङमा भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको सामूहिक भवनको उद्घाटन गरिएको छ। यो भवन खरसाङ सिचाई एवं जलपथ विभागद्वारा भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको निम्ति निर्मित गरिएको हो। यो भवन भूतपूर्व सैनिकहरूका सामाजिक, साँस्कृतिक तथा सामुदायिक गतिविधिहरूको केन्द्रका रूपमा सञ्चालन हुनेछ।

यस उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख अनित थापा, विशेष अतिथिको रूपमा सभासद श्याम शेर्पा, सिंचाई एवं जलपथ विभागका अनोस थापा तथा खरसाङ सिचाई एवं जलपथ विभागका अभियन्ता चन्दन प्रधान उपस्थित रहेका थिए।

यस कार्यक्रममा जीटीएका मुख्य कार्यपाल अनित थापाले यो भवन निर्माणलाई आफ्नो पूर्व प्रतिबद्धताको पूर्णता भएको बताउँदै भने, यो सामूहिक भवन केवल ईंटाको संरचना मात्र होइन यो सम्मान, सेवा र समुदायको प्रतीक हो। उनले भने, भूतपूर्व सैनिकहरूले देशसेवामा आफ्नो अमूल्य समय अर्पण गरेका छन् र अब यो भवनमार्फत् उनीहरूलाई समाज सेवामा सहभागी हुने अवसर प्राप्त हुनेछ।

मुख्य कार्यपालले स्थानीय जनता र भूतपूर्व सैनिकहरूको हितमा भविष्यमा पनि थप कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो भवनले दीर्घकालीन रूपमा भूतपूर्व सैनिक परिवारहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande