असममा रेलवे इन्जीनियर 20 हजार रूपियाँ घूस लिएको आरोपमा पक्राउ
सीबीआई


नयाँ दिल्ली, 14 जून (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले असमको सिलचरमा उत्तरपूर्वी सीमान्त रेलवे (एनएफ रेलवे) का एक वरिष्ठ अनुभाग इन्जिनियर (एसएसई) लाई एक ठेकेदारबाट 20 हजार रूपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।

सीबीआईले आइतवार बतायो, यस सम्बन्धमा ठेकेदारले 13 जूनमा उजुरी दर्ता गराएको थियो, जसमा भनिएको थियो कि लगभग 20 लाख रूपियाँ बराबरको बिल एसएसईमा स्वीकृत हुन बाँकी छ। 12 जूनमा बिल स्वीकृत गर्न भएको बैठकमा ठेकेदारबाट 20 हजार रूपियाँ घुस मागियो। एजेन्सी अनुसार, उजुरी प्रमाणित गरेपछि सीबीआईले जाल बिछ्यायो र सिलचरको एनएफ रेलवेका वरिष्ठ अनुभाग इन्जिनियर (सीएन्डडब्ल्यू) कुन्तल चक्रवर्तीलाई ठेकेदारबाट घुस लिँदै गर्दा पक्राउगऱ्यो। उनलाई 14 जूनमा गुवाहाटीको सक्षम अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande