
शिमला, 14 जून (हि.स.)। शिमला जिल्ला पुलिसको लागुऔषध ओसारपसार विरुद्ध अभियान अन्तर्गत रामपुर उप–डिभिजन अन्तर्गत जेउरी क्षेत्रमा लगभग 6 ग्राम हेरोइन सहित एक पिकअप चालकलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले आरोपी विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको छ। पक्रा पर्ने अभियुक्तको पहिचान रामपुर जाघोरी निवासी मोतीरामका छोरा 38 वर्षीय दीपकराजको रूपमा गरिएको छ।
पुलिस अनुसार, गत 13 जूनमा पुलिस चौकी सराहन (क्याम्प ज्युरी) को टोलीले जेपीएस स्कुल नजिकै नाकाबन्दी र सवारीसाधन चेकिङ गरिरहेको थियो। यसैबीच एउटा पिकअप गाड़ीलाई अनुसन्धानका लागि रोकियो। खोजी गर्दा चालकदेखि लगभग 6 ग्राम हेरोइन जफत भयो।
पुलिस थाना झाकड़ीमा यो मुद्दा दर्ता भएको छ। आरोपी विरूद्ध एनडीपीएस एक्टको धारा 21 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
पुलिसले आरोपीलाई पक्राउ गर्नुका साथै घटनामा प्रयोग भएको पिकअप गाड़ी पनि जफत गरेको छ। अभियुक्तलाई नियमानुसार अदालतमा पेश गरिनेछ। जफत गरिएको हेरोइन कहाँबाट ल्याएको र कसलाई प्रयोग गर्ने वा आपूर्ति गर्ने भन्नेबारे पुलिसले अनुस्थान गरिरहेको छ। यस विषयमा थप अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी