
नयाँ दिल्ली, 14 जून (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार भनिन्, हामी सबैले नदीप्रति आफ्नो आदत तथा व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ।
रेखा गुप्ताको नेतृत्वमा आजदेखि दिल्ली सरकारद्वारा ‘यमुना तट स्वच्छता अभियान 2026’ अन्तर्गत एक महिनाव्यापी सफाई अभियान (मेगा क्लीनिङ्ग ड्राइभ) आरम्भ गरियो। यस अभियान अन्तर्गत दिल्लीस्थित यमुनाका 28 वटा घाट एवं तटीय क्षेत्रहरूमा एकसाथ व्यापक मात्रामा सर-सफाई गरियो। अभियानको मुख्य उद्देश्य राजधानीलाई स्वच्छ एवं प्रदूषण मुक्त बनाउनु हो।
मुख्यमन्त्री स्वयंले पनि गीता कलोनी घाटमा पुगेर यस अभियानको कमान सम्हालिन्। उनल सर्वसाधारण मानिसहरू तथा स्वयंसेवकहरूसित मिलेर यमुना तटबाट फोहोरहरूलई सफा गरिन् अनि श्रमदान गरेर समाजमा आफ्नो उदाहरण पेश गरिन्।
अभियानको क्रममा घाटहरूबाट भारी मात्रामा प्लास्टिक, सिङ्गल-यूज पोलिथिन, पुरानो भाँचिएका मूर्तिहरू, भगवानको वस्त्र औ प्लास्टिकमा बाँधिएका पूजा सामग्रीहरू निकालियो। मुख्यमन्त्रीले यसमाथि चिन्ता व्यक्त गर्दै भनिन्, यो स्थिति त्यस कुराको सङ्केत हो कि यमुना एउटा नदी मात्र होइन करोड़ौं मानिसहरूको आस्था,संस्कृति एवं जीवनको आधार हो। यदि हामीले यसलाई मैला राख्यौं भने हाम्रो पूजा-अर्चनाको उद्देश्य पनि कहिल्यै पूरा हुन सक्दैन। सरकारले आफ्नो काम पूर्ण तत्परताले गर्नेछ। तर यमुनालाई स्वच्छ राख्नको लागि नागरिकहरू पनि अगाड़ि आएर आफ्नो जिम्मेवारी निभाउनुपर्छ।
मुख्यमन्त्रीले यस अवसरमा उपस्थित नागरिकहरू तथा स्वयंसेवकहरूलाई यमुनालाई स्वच्छ राख्ने सामूहिक शपथ दिलाइन्। सबैले सङ्कल्प लिए, उनीहरूले पूजा सामग्री, फूल-माला औ मूर्तिहरूलाई सोझै यमुनामा प्रवाहित गर्ने छैनन्। पोलिथिन र सिङ्गल-यूज़ प्लास्टिकको प्रयोगलाई पूर्ण रूपले बन्द गर्नेछन्। नदीमा पुरानो कपड़ा वा अन्य कुनै पनि अपशिष्ट फाल्ने छैनन्। अन्य मानिसहरूलाई पनि यसप्रति जागरूक गर्नेछन्।
यस महा-सफाई अभियान अन्तर्गत यमुनाका दुवै किनारमा अवस्थित प्रमुख घाटहरूलाई कभर गरियो जसमा गीता कलोनी घाट, निजामुद्दीन घाट, पुराना लोहे का पुल घाट, सिग्नेचर ब्रिज (पूर्वी एवं पश्चिमी तट), कुदेसिया घाट तथा निगम बोध घाट, सोनिया विहारका (जीरो, ढाई र चौथा पुश्ता) घाट, कालिन्दी कुञ्ज घाट, आईटीओ घाट, मयूर विहार यमुना खादर तथा सराय काले खाँ, चिल्ला गाउँ, गान्धी नगर, राम घाट, काली घाट, श्याम घाट, सूरघाट, वासुदेव घाट एवं यमुना ब्याङ्क सामेल छन्।
लगभग 22 किलोमीटर लामो तटीय क्षेत्रमा फैलिएको यस अभियानमा 500 भन्दा अधिक सामाजिक एवं धार्मिक सङ्गठनहरूका हजारौं स्वयंसेवक, जनप्रतिनिधि एवं प्रशासनिक अधिकारीहरूले भाग लिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा