
तिनसुकिया (असम), 14 जून (हि.स.)। तिनसुकिया जिल्लाको दुमदुमास्थित डेली बजारमा भएको भीषण आगलागीको घटनाले ठूलो क्षति पुऱ्याएको छ। पुलिसले आइतवार बतायो, आगोको चपेटमा परी बजारका लगभग 6-7 वटा पसलहरू पूर्ण रूपले जलेर खरानीमा परिणत भयो।
प्रत्यक्षदर्शीहरू अनुसार द्रूत गतिमा फैलिएको आगोले पसलहरूमा राखिएका सबै सामग्रीहरू तथा सम्पत्तिलाई नष्ट बनाइदियो। घटनाको सूचना पाउनसाथ दमकल कर्मी तथा स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि लामो सङ्घर्षपछि आगोलाई नियन्त्रण गरे।
तथापि यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त नभए पनि व्यापारीहरूलाई ठूलो नोक्सान झेल्नु परेको अनुमान व्यक्त गरिएको छ। अन्तिम सूचना पाउँदासम्म आगलागीको कारण पत्तो लागेको थिएन। सम्बन्धित अधिकारीहरूले मामिलाको जाँच शुरू गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा