
सिलगढ़ी, 14 जून (हि.स.)। उत्तर बङ्गालको दौड़ाहपछि पञ्चायत मन्त्री दिलीप घोष आइतवार आफ्नी पत्नीसित कोलकाता फर्किए। दार्जीलिङदेखि बागडोगरा एयरपोर्टमा पुगेपछि उनले पत्रकारहरूसित बातचित गर्दै केही राजनीतिक मुद्दाहरूमा बयान दिए। अभिषेक ब्यानर्जीसित सीआईडीको जाँचबुझलाई लिएर घोषले भने, यो त शुरूआत मात्र हो, अन्य मानिसहरूसित पनि जाँचबुझ हुनेछ। मानिसहरूले आफूले गरेको परिणाम भोग्नैपर्छ। यसमा धेरै जना मानिसहरू सामेल छन् र उनीहरूको पनि समय आउनेछ।
तृणमूल नेता काकली दस्तीदारको घरमा भोजन गरेको सम्बन्धमा उनले भने, यो पूर्ण रूपले उनीहरूको पार्टीको आन्तरिक मामिला हो र भाजपालाई योसित कुनै सरोकार छैन।
तृणमूल कङ्ग्रेसमा कथित रूपमा भइरहेको आन्तरिक कलहमाथि कटाक्ष गर्दै घोषले भने, हामीले पहिला नै भनिसकेका छौं कि हारपछि पार्टी टुक्रिनेछ जुन कुरा भइरहेको छ।
तृणमूल सांसद सुदीप ब्यानर्जीको हालैको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै उनले भने, कसले कसलाई समर्थन गरिरहेको छ, त्यो उनीहरूको आन्तरिक मामिला हो। संसदमा उनीहरूलाई जे उचित लाग्छ त्यही गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा