
अररिया 17 जून(हि.स.)। बिहार सरकारका भूमि सुधार एवं राजस्व विभागीय मन्त्री डा. दिलीप कुमार जायसवाल आइतवार अपरान्हपछि अररिया आइपुगे। यहाँको सर्किट हाउसमा आयोजित पत्रकार वार्तामा उनले भने, पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसको घैला भरिसकेको छ। ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीले जसरी पश्चिम बङ्गाललाई लुट्नको साथै गुण्डागिरी फैलाउने काम गरे, अनुप्रवेशकारीहरूलाई ल्याउने काम गरे, त्यसले गर्दा अब जनतासहित तृणमूल कङ्ग्रेसका नेताहरूले पनि बुझ्न र जान्न थालेका छन्। फलस्वरूप पार्टीका कार्यकर्ताहरूले ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको साथ छोड़िरहेका छन्। कानून एवं जनताको नजरमा ममता ब्यानर्जी अनि अभिषेक ब्यानर्जी दुवै नै दोषी छन्। उनले भने, जसरी पहिला कङ्ग्रेसको घैला भरिएको थियो, त्यसरी नै अब तृणमूल कङ्ग्रेसको घैला भरिएको छ। तृणमूल कङ्ग्रेस पार्टी टुक्रा-टुक्रा हुनेछ।
कङ्ग्रेस नेता राहुल गान्धीलाई लक्षित गर्दै मन्त्री डा. दिलीप कुमार जायसवालले भने, पहिला उनले राहुल गान्धीलाई नमक हराम भन्दा धेरैजनालाई नराम्रो लागेको थियो। तर राहुल गान्धी यस्ता नेता हुन् कि जुन देशको खान्छन्, त्यै देशको जुँगा मोल्छन्। राहुल गान्धीको मस्तिष्क अहिलेसम्म पूर्ण रूपले विकसित भएको छैन।
पटनामा आज उम्मेद्वारहरूद्वारा गरिएको ढुङ्गामुड़ा तथा बबाललाई लिएर उनले भने, पटनामा केही ठेकादारहरू बसेका छन् जसले विद्यार्थीहरूलाई दिग्भ्रमित पारेरमाहोललाई विगार्ने काम गरिरहेका छन्। तर कानूनको शासन छ, गुण्डागिरी र ती ठेकादारहरूको उद्देश्यलाई कहिल्यै सफल हुन दिइनेछैन।
अमेरिकी राष्ट्रपतिको इरानसित सम्झौताको सन्दर्भमा भनले भने, यो कदम स्वागत योग्य छ, किनभने भारतले कहिल्यै पनि युद्ध चाहँदैन, उसले शान्तिको सन्देश दिन्छ। अमेरिका र इरानबीच भएको सम्झौताले वैश्विक सङ्कटमाथि रोक लगाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा