कालकाजी फ्लाइओभर निकट रेस्तराँमा आगो लाग्यो, तीन वटा एलपीजी सिलेण्डर विस्फोट, बुजुर्ग महिलालाई सुरक्षित बचाइयो
कालकाजी फ्लाइओभर निकट रेस्तराँमा आगो लाग्यो, तीन वटा एलपीजी सिलेण्डर विस्फोट, बुजुर्ग महिलालाई सुरक्षित बचाइयो


नयाँ दिल्ली, 14 जून (हि.स.)। दक्षिण-पूर्वी दिल्लीको कालकाजी-गोविन्दपुरी फ्लाइओभरको छेउमा आइतवार भोर बिहान एउचा रेस्तराँ र त्योसित टाँसिएको भवनमा भयानक आगो लाग्यो। आगो द्रूत गतिमा फैलिएको कारणले घटनास्थलमा कोकोहोलो मचियो। सूचना पाए लगत्तै दिल्ली अग्निशमन सेवा (डीएफएस)-का केही वाहनहरू घटनास्थलमा पुगे अनि लगभग एक घण्टाको परिश्रमपछि आगोलाई नियन्त्रण गरे। आगो बलिरहेको बेला तीन वटा व्यवसायिक एलपीसी सिलेण्डर विस्फोट भयो जसले गर्दा आगोले झन् भयानक रूप लियो।

दिल्ली अग्निशमन सेवा अनुसार आइतवार बिहान लगभग 4:45 बजी न्यू प्लेस थाना क्षेत्रस्थित एच-ब्लक, पञ्जाबी तड़का रेस्तराँ छेउमा आगो लागेको सूचना प्राप्त भयो। रेस्तराँ कालकाजीदेखि गोविन्दपुरी तर्फ जाने फ्लाइओभरमा अञ्जली ज्वेलर्स र देशबन्दु गुप्ता कलेजको नजिकै अवस्थित छ। सूचना पाएपछि शुरूमा दुई वटा वाटर टेण्डर, तीन वटा बाउजर र एउटा ब्रेथिङ्ग सपोर्ट यूनिटलाई घटनास्थलमा पठाइयो।

आगोको भीषण स्वरूपलाई मध्यनजर गर्दै बिहान 5:05 बजी यसलाई मेक-4 श्रेणी घोषित गरियो जसपश्चात नौ वटा दमकल वाहनहरूलाई आगो निभाउनको लागि खटाइयो। राहत एवं बचाउ अभियानको नेतृत्व एडीओ यशवन्त, एडीओ सरबजीत औ एसओ राज कुमारले गरे।

अधिकारीहरू अनुसार आगो बेसमेन्ट, भूतदेखि तेस्रो तला तथा तेस्रो तलाको छतमा बनिएको अस्थायी ढाँचासम्म फैलिएको थियो। यसै अवधि तीन वटा वाणिज्यिक सिलेण्डर पनि पड़्क्यो। दमकलकर्मीहरूले भवनको दोस्रो तलामा फसेका 70-75 वर्षीय सीता देवी नामक बुजुर्ग महिलालाई सुरक्षित बाहिर निकाले। समयमा थालिएको रेस्क्यू अपरेशनको कारणले एउटा ठूलो दुर्घटना हुनदेखि बच्यो।

बिहान 5:40 बजी आगोलाई पूर्ण रूपले नियन्त्रित घोषित गरियो भने 5:45 बजी स्टप सन्देश जारी गरियो। त्यसपछि पनि दमकलकर्मीहरू कुलिङ्ग अपरेशनमा जुटे ताकि पुनः आगो नसल्कियोस्। हाल आगलागीको कारण थाहा लाग्न सकेको छैन। मामिलाको जाँच गरिँदैछ। यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande