
गुवाहाटी, 14 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले राजधानी गुवाहाटीका फुटपाथहरूमा सञ्चालित खुदरा व्यवसायहरूलाई व्यवस्थित बनाएर त्यसमा खिलञ्जी (स्थानीय मूल निवासी)-हरूको सहभागिता सुनिश्चित गर्ने राज्य सरकारको प्रस्तावित कदमलाई स्वागत गरेको छ।
आइतवार भाजपाको राज्य मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ प्रवक्ता ब्रजेन महन्तले भने, एनडीए सरकार असमका खिलञ्जीहरूको अधिकार तथा भविष्य सुरक्षित बनाउनको लागि प्रतिबद्ध छ। उनले बताए, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गए 13 जूनमा आयोजित मीडिया कन्क्लेभमा घोषणा गरेका थिए, आगामी अगस्त र सेप्टेम्बर महिनाको बीचमा एक सर्वेक्षण गराइनेछ जसको आधारमा फुटपाथमा स़ञ्चालित पसलहरूको सत्यापन गरिनेछ।
महन्तले भने, गुवाहाटीमा ठूलो सङ्ख्यामा मानिसहरूले अवैध रूपमा फुटपाथहरूमा व्यवसाय गरिरहेका छन्। यसमा बढ़ी मात्रामा बाहिरका मानिसहरू छन् जसले नियमहरू बिनै व्यापार गरिरहेका छन्। उनले आरोप लगाए, यस प्रकारको गतिविधिबाट राजस्व नोक्सान मात्र नभएर शहरको आधारभूत ढाँचामा पनि अतिरिक्त दबाव पर्छ।
उनले भने, अनियन्त्रित ढङ्गमा फुटपाथमा पसल राख्नाले यातायात जाम, सार्वजनिक आवागमनमा बाधा तथा नालीहरू अवरुद्ध हुने जस्ता समस्याहरू उत्पन्न हुन्छ। त्यसैले सर्वेक्षणको माध्यमबाट यी व्यवसायहरूलाई एक व्यवस्थित ढाँचामा ल्याउन अनि स्थानीय मानिसहरूको लागि व्यापारिक अवसर सुनिश्चित गर्ने योजना बनाइएको हो।
महन्तले असम मन्त्रीमण्डलद्वारा 18 वर्षदेखि माथिका मानिसहरूको आधार नामाङ्कनलाई कड़ा सत्यापनको दायरामा ल्याउने निर्णयलाई पनि स्वागत गरे। उनले यसलाई राज्यको सुरक्षा, जनसाङ्ख्यिकीय सन्तुलन औ खिलञ्जीहरूको हित रक्षाको दिसामा एउटा महत्वपूर्ण कदम बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा