
सिलगढ़ी, 14 जून (हि.स.)। फुलबाड़ी बाइपासमा अवैध टोल असुलीविरूद्ध कारबाही गर्दै डाबग्राम-फुलबाड़ी विधानसभा क्षेत्रकी भाजपा विधायक शिखा च्याटर्जी स्वयंले आइतवार घटनास्थलमा पुगेर टोल सङ्ग्रहलाई बन्द गराइदिइन्। विधायक शिखा च्याटर्जी एक स्थानीय कार्यक्रममा सामेल हुनका लागि फुलबाड़ी आएकी थिइन् जहाँ उनको नजर बाइपासमा भइरहेको टोल असुलीमाथि पऱ्यो। उनले तुरून्तै हस्तक्षेप गरी टोल असुलीलाई बन्द गराइदिन्।
उनले आऱोप लगाइन्, पछिल्लो लामो समयदेखिकै सिलगढ़ी-जलपाईगुड़ी विकास प्राधिकरण (एसजेडीए)- को नाममा फुलबाड़ी बाइपासदेखि फुलबाड़ी-घोषपुकुर सड़कसम्म साना-ठूला मालवाहक एवं यात्री वाहनहरूबाट अवैध रूपमा टोल असुल गर्दै आएको थियो।
स्मरण गराइन्छ, गत मई महिनामा भएको राजनीतिक परिवर्तनपछि भाजपा समर्थकहरूले पनि यस टोल प्लाजामा पुगेर टोल असुलीलाई बन्द गराएका थिए। त्यसबेला आरोप लगाइएको थियो, वाहन चालकहरूबाट 100 देखि 500 रुपियाँसम्म असुल गरिन्थ्यो। तथापि केही समयपछि एउटा नोटिस जारी गरी फेरि टोल सङ्ग्रह गर्न शुरू गरिएको थियो।
विधायक शिखा च्याटर्जीले भनिन्, मलाई पहिलाबाटै यहाँ अवैध ढङ्गमा पैसा असुलिरहेको सिकायत प्राप्त भइरहेको थिय। आज मैले आफै देखेपछि तुरून्त कारबाही गर्द टोल असुलीलाई बन्द गराइदिएँ। यस किसिमको अवैध असुलीलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। भविष्यमा फेरि पनि टोल शुरू गर्ने प्रयास गरिए ठूलो कारबाही हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा