
कोलकाता, 14 जून (हि. स.)। वीरता, स्वाभिमान औ राष्ट्रभक्तिकेा प्रतीक वीर शिरोमणि महाराणा प्रतापको 487औं जयन्तीको अवसरमा आगामी 17 जूनका दिन कोलकातामा श्रद्धाञ्जली एवं माल्यार्पण कार्यक्रम आयोजना गरिनेछ। राजस्थान परिषद औ अखिल भारतीय क्षत्रिय समाजको संयुक्त तत्वावधानमा आयोजना भइरहेको यस समारोह अन्तर्गत विभिन्न स्थानहरूमा अवस्थित महाराणा प्रतापका प्रतिमाहरूमा पुष्पाञ्जली अर्पण गरी उनलाई श्रद्धा़ञ्जली अर्पण गरिनेछ।
आयोजकहरू अनुसार महाराणा प्रतापको जयन्ती ज्येष्ठ शुक्ल तृतीया, विक्रम सम्वत 2083 अनुसार 17 जून, 2026 बुधवार मनाइनेछ। कार्यक्रममा समाजका गण्यमान्य मानिसहरू, विभिन्न सङ्गठनहरूका प्रतिनिधिगण तथा ठूलो सङ्ख्यामा श्रद्धालुहरू सामेल हुनेछन्।
कार्यक्रमको शुरुआत बिहान सात बजी शेक्सपीयर सरणीस्थित महाराणा प्रताप उद्यानमा स्थापित प्रतिमामा माल्यार्पणबाट हुनेछ। बिहान 8 बजे सेन्ट्रल मेट्रो स्टेशन सामु अवस्थित त्रिकोणिया पार्क (विशाल मूर्ति)-मा श्रद्धाञ्जली सभा आयोजना गरिनेछ।
यस अवसरमा चित्तरञ्जन एभेन्यू एवं महाराणा प्रताप सरणी (इण्डिया एक्सचेञ्ज प्लेस) क्रसिङ्गस्थित प्रतिमामा पुष्पाञ्जली अर्पण गरिनेछ।
राजस्थान परिषदका महामन्त्री अरुण प्रकाश मल्लावतले समाजका मानिसहरू लगायत आम नागरिकहरूसित कार्यक्रममा सामेल हुने अपील गर्दै भने, महाराणा प्रतापको जीवन साहस, त्याग, स्वाभिमान एवं राष्ट्रनिष्ठाको अद्वितीय उदाहरण हो। उनका आदर्शले आज पनि देशवासीहरूलाई प्रेरणा दिन्छ।
आयोजकहरूले सबै नागरिकहरूसित समारोहमा उपस्थित भएर राष्ट्र गौरव महाराणा प्रतापलाई श्रद्घाञ्जली अर्पण गर्ने अनि उनका आदर्शहरूबाट प्रेरणा लिने आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा