मणिपुरमा नशालु पदार्थ विरोधी व्यापक कारबाही, हेरोइन र कोकिन जफत
मणिपुरमा नशालु पदार्थ विरोधी व्यापक कारबाही, हेरोइन र कोकिन जफत


इम्फाल, 14 जून (हि.स.)। मणिपुर पुलिसले राज्यमा नशालु पदार्थ विरोधी अभियान अन्तर्गत शनिवार गरिएको दुई भिन्न कारबाहीमा भारी मात्रामा हेरोइन र कोकिन जफत गरी चार जना मानिसहरूलाी पक्राउ गऱ्यो जसमा एकजना किशोर पनि सामेल छ।

आइतवार दिइएको आधिकारिक जानकारी अनुसार बिष्णुपुर जिल्लाको मोइराङ्ग थाना अधिनस्थ त्रोङ्गलाओबी माखा लेइकाईमा पुलिसले एउटा टाटा गोल्ड सूमो (एएस-11 बीसी-5395) वाहनलाई रोकेर जाँच गऱ्यो। जाँचमा वाहनबाट संदिग्ध हेरोइनले भरिएका 26 वटा साबुन दानी भेटियो। यस मामिलामा वाहन सवार बिक्की मुण्डा (22), निवासी चारहाजारे गाउँ, मोटबुङ्ग (सेनापति जिल्ला) तथा उखरुल जिल्लाको हुङ्गपुङ्ग गाउँका एकजना किशोरलाई पक्राउगरियो।

मणिपुर पुलिसले आज बताएको छ, बितेको 12 जूनका दिन मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लाका भिन्न-भिन्न क्षेत्रहरूबाट कोकिनसितै दुई जना मानिसहरूलाई पक्राउ गऱ्यो। यसै क्रममा सगोलबन्द सायाङ्ग पुखरी मापलको सुखम रोजार (25)-लाई रिम्स रोडमा नित्यानन्द मन्दिरको छेउबाट 4.6 ग्राम कोकिनसितै पक्राउ गरियो तथा सगोलबन्द मिनो लिराकका मुतुम गिरिराज उपनाम पाकपा (29)-लाई 18.6 ग्राम कोकिनसितै पक्राउ गरियो।

यसै दिन मणिपुर पुलिसले इम्फाल पूर्वको खबम लमखाईमा एउटा महिन्द्रा बोलेरो (एमएन-06एलबी-6851)- लाई रोक्यो तथा ड्राइभर मोइराङ्गथेम अविनाश सिंह (27) तथा वाहनमा सवार दुई जना मानिसहरू क्रमैले वाहेङ्गबाम इचनमाचा (46) र थाङ्गजाम सुमति देवी (49)-लाई 215 लीटर डीआईसी मदिरासितै पक्राउ गऱ्यो। वाहनलाई जफत गरी आरोपीहरूलाई आबकारी विभाग समक्ष सुम्पिइएको छ।

पुलिसले दुवै मामिलामा सम्बन्धित धाराहरू अन्तर्गत प्रकरण दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande