मणिपुरका डीजीपीले चुराचाँदपुर जिल्लाको भ्रमण गर्दै शान्ति व्यवस्थालाई कायम राख्नेमाथि बल दिए
मणिपुरका डीजीपीले चुराचाँदपुर जिल्लाको भ्रमण गर्दै शान्ति व्यवस्थालाई कायम राख्नेमाथि बल दिए


इम्फाल, 14 जून (हि.स.)। मणिपुरका नवनियुक्त पुलिस महानिदेशक (डीजीपी) मुकेश सिंह (आईपीएस)-ले गए शनिवार चुराचाँदपुर जिल्लाको आफ्नो पहिलो भ्रमण सम्पन्न गरे जहाँ उनले जिल्ला पुलिस अधिकारीहरू, सीएपीएफ/असम राइफल्स औ नागरिक समाज सङ्गठन (सीएसओ)-हरूसित बैठक गरे।

उनले कानून-व्यवस्थालाई कायम राख्नको निम्ति सबै एकाईहरूले गरिरहेका प्रयासहरू सहित ड्रग्स जफत गरेकोमा, हतियारधारी उपद्रवीहरूलाई पक्राउ गरेकोमा तथा अवैध अधितारहरू जफत गर्ने जस्ता जिल्ला पुलिसका उपलब्धिहरूको प्रशंसा गरे। डीजीपीले अधिकारीहरूलाई निर्देश दिए, उनीहरूले जिल्लाको शान्ति एवं सुरक्षा व्यवस्थालाई कायम राख्नका लागि निरन्तर कानूनी कदम उठाइरहुन्।

सीएसओ सदस्यहरूसित बातचित गर्दै उनले उनीहरूका चिन्ताहरूलाई सुने। साथै जन सुरक्षाको लागि आवश्यक कानूनी कारबाही गर्ने भरोसा दिलाए अनि उनीहरूलाई राज्या बातचित, शान्ति तथा सद्भावलाई प्रेरित गर्नको लागि प्रोत्साहित गरे। भ्रमणको समापनको अवसरमा उपस्थित मानिसहरूलाई उनले शान्ति व्यवस्थालाई कायम राख्ने सन्दर्भमा बातचित समेत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande