
गुवाहाटी, 14 जून, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पत्रकारहरूसित बातचित गर्दै राज्यमा दुई वटा नयाँ एक्सप्रेस कोरिडोर विकसित गरिेने घोषणा गरे।
मुख्यमन्त्रीले भने, सिलचरदेखि सिलगढ़ीसम्म एउटा नयाँ एक्सप्रेस कोरिडोर चाँड़ै बनाइनेछ। यो परियोजना पूरा भएपछि बराक उपत्याका र उत्तर बङ्गालबीच सड़क सम्पर्क अझ सहज र तीव्र हुनेछ।
उनले यो पनि बताए, गुवाहाटीदेखि सोनारी (चराइदेव) हुँदै तिनसुकियासम्म अर्को एक्सप्रेस कोरिडोर पनि विकसित गर्ने योजना छ। यो कोरिडोर निर्माण भयो भने माथिल्लो असमका विभिन्न क्षेत्रहरूमाझ आवागमनमा लाग्ने समय अझ कम हुनेछ अनि क्षेत्रीय विकासले गति पाउनेछ।
डा. सरमाले भने, राज्य सरकार आधुनिक एवं सुदृढ़ परिवहन अवसंरचना निर्माण गर्नको लागि प्रतिबद्ध छ। यी परियोजनाहरू असमको समग्र आर्थिक विकास तथा उत्कृष्ट सम्पर्क व्यवस्थाको दिशामा एउटा महत्वपूर्ण कदम साबित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा