
कोकराझार (असम) 14 जून (हि.स.)। कोकराझार जिल्लाको गोसाई गाउँ क्षेत्रमा जङ्गली हात्तीद्वारा गरिएको हमलामा एक जना व्यक्तिको मृत्यु भयो।
पुलिसले आइतवार बतायो, आइतवार सबेरै गोसाई गाउँको थाइसोरगुड़ी क्षेत्रमा जङ्गली हात्तीको हमलामा परी एकजना मानिसको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान थाइसोरगुड़ी गाउँंका गाउँबूढ़ा (गाउँका मुखिया) रत्नेश्वर बसुमतारीको रूपमा गरिएको छ। घटना बारे जानकारी पाउनसाथ पुलिसको टीमले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
स्थानीय मानिसहरूले बताए, नजिकै अवस्थित राइमोना राष्ट्रिय उद्यानबाट भोजनको खोजीमा निक्लेको हात्ती आवासीय क्षेत्रमा पसेको थियो। स्थानीयहरूले घटनाको निम्ति वन विभागलाई जिम्मेवार ठहराएका छन्।
स्थानीयहरूको भनाइ छ, हिजोआज जङ्गली हात्तीहरू भोजनको खोजीमा आवासीय क्षेत्रतिर आउने गर्दछन्। बारम्बार सूचना दिइएको भए पनि वन विभागले कुनै कदम उठाइरहेको छैन जसको फलस्वरूप आज एकजना व्यक्तिले ज्यान गुमाउनु पऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा