
कामरूप (असम), 14 जून (हि.स.)। कामरूप ग्रामीण जिल्लाको बँसरमा भएको एक सड़क दुर्घटनामा एकजना युवकको घटनास्थलमै मृत्यु भयो। पुलिसले आइतवार बतायो, बितेको शनिवार राती कामरूप ग्रामीण जिल्लाको बँसर क्षेत्रमा भएको सड़क दुर्घटनामा एकजना युवकले घटनास्थलमै ज्यान गुमाए।
मृत युवकको पहिचान सुवालकुची निवासी हिमांशु तालुकदारको रूपमा गरिएको छ। यो दुर्घटना सवालकुचीसित गुवाहाटीलाई जोड़्ने सड़क बेलरतल क्षेत्रमा भएको हो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा