
गुवाहाटी, 14 जून (हि.स.)। गुवाहाटी महानगरको वशिष्ठ पुलिसले गाँजा सहित गाँजा तस्करीमा संलग्न एक तस्करलाई पक्राउ गरेको छ।
पुलिसले आइतवार जानकारी दिएको छ कि सूचनाको आधारमा गरिएको अभियानको क्रममा थाना क्षेत्रबाट 6 किलोग्राम गाँजा सहित एक तस्करलाई पक्राउ गरिएको छ। पक्रा पर्ने तस्करको पहिचान हैलाकाण्डी जिल्ला निवासी अतिक शहदत मजुमदारको रूपमा गरिएको छ।
पक्रा पर्ने अभियुक्तले गुवाहाटीका केराकुची क्षेत्रमा भाड़ाको घरबाट अवैध गाँजा व्यवसाय चलाइरहेको थियो। पुलिसले एनडीपीएस एक्ट अन्तर्गत एफआईआर दर्ता गरेको छ र पक्रा पर्ने अभियुक्तसँग गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी