गर्भवती महिलाद्वारा फाँसी लगाएर आत्महत्या, प्रताड़ित गरेको आरोप ससुरालीमाथि
गर्भवती महिलाद्वारा फाँसी लगाएर आत्महत्या, प्रताड़ित गरेको आरोप ससुरालीमाथि


उरई, 14 जून (हि.स.)। जिल्लाको रामपुरा थाना क्षेत्रस्थित सिलउआ गाउँमा दाइजोको मागमा कथित पारिवारिक प्रताड़ना गरेको कारणले एकजना 22 वर्षीय गर्भवती महिलाले आइतवार आफ्नै कोठाभित्र दुपट्टाले गलफन्दा बनाएर आत्महत्या गरी। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृतकाको पहिचान झाँसी जिल्लाको डिह्गपुरा निवासी अनिल शास्त्रीकी पुत्री मुस्कान (22)- को रूपमा भएको छ।

मुस्कानको विवाह लगभग दुई वर्षअघि रामपुरा थाना क्षेत्रको सिलउआ गाउँमा भएको थियो। तिनी वर्तमानमा गर्भवती भएकी थिइन् जसको पहिलाबाटै एक वर्षीय छोरी पनि छे। परिवारको आरोप छ, विवाह भएदेखि नै मुस्कानलाई दाइजोको मागमा ससुराली पक्षले लगातार प्रताड़ित गर्दै आइरहेको थियो। यसले गर्दा उ मानसिक रूपमा चिन्तित थिइन्। मुस्कानले आफ्नै कोठामा फाँसी लगाई।

घटनाको सूचना पाउनसाथ माइती पक्षका मानिसहरू पनि घटनास्थलमा पुगे जसले छोरीको ससुरालीमाथि दाइजोको लागि प्रताड़ित गरेको आरोप लगाएका छन्।परिवारले निष्पक्ष जाँच तथा दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेको छ। थाना प्रभारी अजयको भनाइ छ, मामिलाका सबै पक्षहरूको जाँच गरिँदैछ। जाँचको आधारमै अग्रिम कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande