रथयात्राको तयारी शुरू, 16 जुलाईमा निकालिनेछ भव्य रथ
रथयात्राको तयारी शुरू, 16 जुलाईमा निकालिनेछ भव्य रथ


सिलगढ़ी, 14 जून (हि.स.)। आगामी 16 जुलाईमा आयोजना हुने जगन्नाथ रथयात्रालाई लिएर सिलगढ़ीस्थित इस्कन मन्दिरमा तयारी शुरू गरिएको छ। आइतवार विधि-विधान पूर्वक पूजा-अर्चना तथा मङ्गलाचरण गरी कार्यक्रमको औपचारिक शुरुआत गरियो।

यस अवसरमा बङ्गलादेशबाट आएका भक्तिविनय स्वामी महाराज विशेष रूपमा उपस्थित थिए। यस अतिरिक्त इस्कन मन्दिरका अध्यक्ष अखिल आत्मा प्रिय प्रभु समेत केही भक्त अनि श्रद्धालुहरू पनि कार्यक्रममा सामेल भए। भक्ति गीत, हरिनाम सङ्कीर्तन एवं विशेष आरतीको माध्यमबाट भगवानको पूजा गरियो।

स्कनसित जोड़िएका नामकृष्ण दास प्रभुले बताए, रथयात्राको आयोजनलाई लिएर रथ निर्माण गर्ने तथा सजाउने कार्य शुरू गरिएको छ। काठले निर्मित विशाल रथालाई रङ्ग, प्रकाश तथा अन्य आकर्षक सजावटले सजाइनेछ। रथयात्राको दिन भगवान जगन्नाथ, बलराम र सुभद्राको रथ सिलगढ़ी शहरका प्रमुख मार्गहरू भएर गुज्रिनेछ।

यस अवधि हजारौं श्रद्धालुहरू सामेल हुने आशा छ। आयोजनलाई लिएर प्रशासनले पनि विशेश रूपमा सुरक्षा व्यवस्था सहित अन्य व्यवस्थाहरू गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande