सिङ्ताम पुलिसले लागूऔषधविरुद्धको अभियान तीव्र बनायो, ग्राम ब्राउन सुगरसहित एक तस्कर पक्राउ
लागूऔषध तस्कर पक्राउ


गान्तोक, 14 जून (हि.स.)। सिङ्ताम पुलिसले एक व्यक्तिलाई ब्राउन सुगरको साथमा पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम चन्द्रबहादुर सुब्बा बताइएको छ। 29 वर्षीय आरोपी व्यक्ति तिमी नामफिङको रेसेप निवासी हुन्।

पुलिस रिपोर्टका अनुसार, सिङताम पुलिसले लागूऔषधमुक्त समाज निर्माण गर्ने आफ्नो सक्रिय प्रयासलाई निरन्तरता दिएको छ।

सिङ्तामका पहिचान गरिएका संवेदनशील क्षेत्रमा विद्युतीय स्कुटरमार्फत गस्ती शुरु गरिएपछि वाकवे, गोस्कान डाँडा तथा आसपासका क्षेत्रमा नियमित गस्ती र क्षेत्र नियन्त्रणलाई थप सुदृढ़ बनाइएको छ, जसले अवैध गतिविधि नियन्त्रण तथा सार्वजनिक सुरक्षामा टेवा पुर्‍याएको छ।

यस्तै एक सतर्क गस्ती अभियानका क्रममा पुलिस निरीक्षक किशोर कुमार क्षेत्रीको नेतृत्वमा पुलिस टोलीले दक्षिण सिक्किमको तिमी नामफिङ रेशेप निवासी २९ वर्षीय चन्द्रबहादुर सुब्बालाई पक्राउ गर्यो।सोधपुछका क्रममा अभियुक्तले नजिकैको जंगलतर्फ भाग्ने प्रयास गरेका थिए। तर पुलिस टोलीको त्वरित प्रतिक्रिया, साहस तथा समन्वित प्रयासका कारण उनलाई टिस्टा नदी क्षेत्रमुनिको कालीखोलाबाट नियन्त्रणमा लिन सफल भयो।

पुलिसले गरेको तलासीका क्रममा उनको साथबाट १३.२५ ग्राम संदिग्ध ब्राउन सुगर बरामद गरियो। यस सम्बन्धमा सिङ्ताम पुलिस थानामा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सिङ्ताम पुलिसले अवैध गतिविधिबारे सूचना उपलब्ध गराई सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ, ताकि सामूहिक प्रयासबाट सुरक्षित र स्वस्थ समाज निर्माण गर्न सकियोस्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande