
ग्वालपाड़ा (असम), 14 जून (हि.स.)। ग्वालपाड़ा जिल्लाको जोगीघोपा क्षेत्रमा डाँकाहरूको हमलामा परी दुई जना युवक गम्बीर रूपमा घाइते भए। पुलिसले आइतवार बतायो, जोगिघोपाको तामरङ्गा- कनरा बिल (झील)- को छेउमा डाँकाहरूले गरेको हमलामा दुई जना युवक गम्भीर रूपमा घाइते भए।
घाइतेहरूको पहिचान बिलासीपाराका अकिदुल मनिन र मुन्ना खानको रूपमा गरिएको छ। घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले दुवै घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरायो। पुलिसले घटनाको सिलसिलामा एक प्राथमिकी दर्ता गरी डाँकाहरूलाई खोज्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा