गङ्गाराममा ट्राफिक प्रभारीको अनौठो रूप, स्वयं सड़कमा उत्रेर सफा गरे
गङ्गाराममा ट्राफिक प्रभारीको अनौठो रूप, स्वयं सड़कमा उत्रेर सफा गरे


दक्षिण दिनाजपुर, 14 जून (हि. स.)। सामान्य रूपमा ट्राफिक सम्हाल्दै गरेको तथा सड़कमा सुरक्षा व्यवस्थालाई कायम राख्दै गरेको देखिेने पुलिस अधिकारीको आइतवार एउटा भिन्नै मानवीय अनुहार देखियो। जिल्लाको गङ्गारामपुर ट्राफिक प्रभारी प्रशान्त दासले आफै झाड़ु तथा गोदालो बोकेर सड़क सफाई अभियान सञ्चालन गरे। आइतवार बिहान गङ्गारामपुरको व्यस्त चौपथी मोड़ क्षेत्रमा मानिसहरूले यस्तो अनौठो दृश्य देखे।

राष्ट्रिय राजमार्ग-512 को किनारामा ट्राफिक गार्ड कन्ट्रोल रूम अगाड़ि थुप्रिएको मैला-कुचैलालाई ओसी प्रशान्त दासले बड़ारेर तह लगाउने काम गरे। त्यसपछि उनले कोदालोलो सड़कको डिभाइडर वरिपरी थुप्रिएको माटो र झारपातहरूलाई सफा गरे।

उनको यस पहललाई देखेर ड्यूटीमा तैनाथ सिभिक भोलन्टियरहरू पनि सफाई अभियानमा सामेल भए। एकजना वरिष्ठ पुलिस अधिकारीलाई यसरी सफा गर्दै गरेको देखेर स्थानीय मानिसहरू छक्क परे भने कतिपय मानिसहरू धेरै बेरसम्म उभिएर उनलाई हेरिरहे।

स्थानीय मानिसहरू तथा व्यापारीहरूले उनक यस पहलको सराहना गरे। मानिसहरूको भनाइ छ, प्रशासनको यस्तो जिम्मेवार र प्रेरणादायक कदमले शहरलाई सफा तथा जागरूक बनाउनमा महत्वपूर्ण भूमिका निभाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande