माछा मार्ने क्रममा हतियार भेटियो, दुई ठाउँ पुलिसको कारबाही
माछा मार्ने क्रममा हतियार भेटियो, दुई ठाउँ पुलिसको कारबाही


कोलकाता, 14 जून (हि.स.)। दक्षिण 24 परगना जिल्लाको गोसाबा क्षेत्रमा आइतवार एउटा तलाउबाट हतियार फेला परेको घटनापछि कोकोहोलो मचिएको छ।

भनिन्छ, एकजना व्यक्तिले आफ्नी छोरीसित सदा जस्तै तलाउमा माछा मारिरहेको थियो। यसै अवधि पानीभित्र छोरीको खुट्टासित केही ठोस वस्तु ठोक्कियो। त्यस वस्तुलाई बाहिर निकालेर हेर्दा प्लास्टिकमा प्याक गरिएको एउटा देशी रिवल्वर थियो। हतियार देखेर सबैजना आश्चर्यचकित भए। घटना गोसाबा थाना अधिनस्थ पाठानखाली बेलतला क्षेत्रमा भएको हो।

सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि हतियारलाई कब्जामा लिेर जाँच गर्न थाल्यो। पुलिसले वरपरका अन्य तीन वटा तलाउहरूमा पनि खोजी अभियान स़ञ्चालन गऱ्यो। तर त्यहाँ केही पनि भेटिएन।

स्थानीय सूत्र अनुसार तलाउका मालिक अमजेद सरदार आफ्नी छोरीसित माछा मार्न तलाउमा पसेका थिए। यसै अवधि यो हतियार भेटिएको हो।

पुलिसको प्राथमिक अनुमानमा अपराधीहरूले पुलिस कारबाहीदेखि बच्न वा प्रमाण मेटाउनका लागि हतियारलाई तलाउमा फालेको हुनसक्छ।

यसरी नै उत्तर 24 परगना जिल्लाको हाबरा थाना अन्तर्गत कुमड़ा ग्राम पञ्चायतको कलतला विश्वासपाड़ा क्षेत्रमा पनि एउटा तलाउबाट हतियार अनि गोला-बारूद भेटिएको समाचार छ। बिहान माछा मार्न पुगेका मछुआराहरूको खुट्टामा एउटा ब्याग फस्यो। ब्यागलाई बाहिर निकालेर हेर्दा प्लास्टिकमा बेरिएको चार वटा बन्दुक र तीन प्रकारको गोली थियो।

स्थानीय मानिसहरूले पुलिसलाई सूचना दिए, त्यसपछि पुलिसले घटनास्थलमा पुगेर सबै हतियारहरूलाई जफत गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande