
नयाँ दिल्ली, 14 जून (हि.स.)। संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे लगायत अन्य धेरै मन्त्रीहरूले आइतवार विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाताहरूप्रति कृतज्ञता व्यक्त गरे र जागरूकता बढ़ाउन आह्वान गर्दै सन्देश जारी गरे।
किरेन रिजिजुले एक्समा भनेका छन्, एक युनिट रगतले आवश्यकतामा परेका व्यक्तिको लागि जीवन र मृत्युको बीचमा भिन्नता ल्याउनसक्छ। हामी धेरै मानिसहरूलाई रक्तदान गर्न र जीवन बचाउन मद्दत गर्न प्रेरित गरौं।
खरगेले भने, रक्तदान गर्नुहोस्। जीवन बचाउनुहोस्। विश्व रक्तदाता दिवसमा म अनगिन्ती स्वैच्छिक रक्तदाताहरूलाई सलाम र धन्यवाद दिन्छु जसको निःस्वार्थ कार्यले आवश्यकतामा परेकाहरूलाई आशा, स्वास्थ्यलाभ र जीवनमा नयाँ अवसर दिन्छ।
संस्कृति एवं पर्यटन मन्त्रीले भने, विश्व रक्तदाता दिवसमा हार्दिक शुभकामना। रक्तदान एक महान दान हो र रक्तदाताहरू समाज र मानवताका अमूल्य सेवक हुन्। आज हामी सबैले रक्तदान गरेर मानव जीवनको संरक्षणमा महत्वपूर्ण योगदान पुर्या उने प्रतिज्ञा गरौं।
वस्त्रमन्त्री गिरिराज सिंहले भने, विश्व रक्तदान दिवसको अवसरमा हामी सबैले रक्तदान गर्ने प्रतिज्ञा गरौं। तपाईको सानो प्रयासले कसैलाई नयाँ जीवन दिनसक्छ। रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्।
बन्दरगाह, जहाज एवं जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले भने, हामी सबै एकजुट भएर रक्तदानलाई हाम्रो सामूहिक जिम्मेवारीको रूपमा अँगालौं।
केन्द्रिय उपभोक्ता मामिला मन्त्री प्रह्लाद जोशीले भने, सेवाको भावनालाई प्रोत्साहन गरौं र धेरैभन्दा धेरै मानिसहरूलाई अगाड़ी आएर रक्तदान गर्न प्रेरित गरौं, जसले गर्दा स्वस्थ र दयालु समाजको निर्माण हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी