मङ्गलदैमा भयानक सड़क दुर्घटना, अज्ञात वाहनको ठक्करले युवकको मृत्यु
मङ्गलदैमा भयानक सड़क दुर्घटना, अज्ञात वाहनको ठक्करले युवकको मृत्यु


दरङ्ग (असम), 14 जून (हि.स.)। असमको मङ्गलदैमा भएको एक भीषण सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो। भनिन्छ, एक अज्ञात वाहनले युवकलाई ठक्कर दिएपछि वाहन सहित चालक घटनास्थलबाट भाग्यो।

पुलिसले आज बतायो, मृतकको पहिचान मुवामारी गाउँ निवासी शफिकुल इस्लामको रूपमा भएको छ। दुर्घटनापछि स्थानीय मानिसहरूले गम्भीर रूपमा घाइते युवकलाई उपचारको निम्ति अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले जाँच गरेपछि उसलाई मृत घोषित गरिदिए।

घटनापछि वाहन चालक घटनास्थलबाट भाग्यो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ साथै भगौड़ा वाहन चालकलाई खोजिरहेको छ।

यस पीड़ादायी दुर्घटनाको कारणले क्षेत्रमा शोक छाएको छ। स्थानीय मानिसहरूले दोषी चालकलाई चाँड़ै पक्राउ गरी कड़ा कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande